Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैँको चहलपहल बढ्यो

Published on 8:15:00 PM //


अघिल्लो हप्तादेखि नै दशैको चहलपहल शुरु भएपनि मंगलवारदेखि भने यो चहलपहल र रौनक ह्वात्तै वढेको छ । आजदेखि औपचारिक रुपमा दशै शुरु भएकाले चहलपहल र खुशीयाली वढेको हो । किनमेलसँगै घर फर्किनेको संख्यामा पनि वृद्धि भएको छ। यात्रुको चाँप वढेपछि व्यवसायीहरुले वसको संख्या पनि थपेका छन् । मन्दिरहरुमा पनि सर्वसाधारणहरुको घुईचो वढ्न थालेको छ ।
विशेष गरी अध्ययनका लागि घर छाडेर गएका विद्यार्थी तथा आफ्नो पेशा तथा व्यवसायका लागि टाढा रहेका व्याक्तिहरु दशैका लागि भन्दै घरमा फर्किदै छन् । आज घटस्थापना, हिन्दु नेपालीहरुले वैद्यिक विधी पुर्वक घर तथा दशै कोट एवं मन्दिरहरुमा जमरा राखेका छन् भने घर आगन लिपपोत तथा सरसफाई पनि सम्पन्न गरिसकेका छन् । यसले गर्दा वाहिरको वातावरण निक्कै रमाईलो भईसकेको छ । आजदेखि स्कुल, क्याम्पस र केही कार्यालयहरु वन्द हुने भएपछि हिजो वेलुकीदेखि नै वसमा यात्रुहरुको संख्या वढेको हो । त्यसो त दुई हप्तादेखि नै वसमा यात्रु वढ्न थालेको यातायात व्यवसायीहरुको भनाई छ । अव महाअष्टमीसम्म यात्रुको भीड बढिरहने उनीहरुको भनाई छ। यसपाली पोहोरको तुलनामा घर फर्कनेहरुको संख्या वढेको व्यवसायीहरुले वताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग