Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बच्चाहरुले आगो खेलाउँदा आगलागी, एक वालकको मृत्यू, दुई गम्भिर घाईते

Published on 10:00:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १९ असोज । गुल्मी जिल्लाको मर्भुङ्ग गाविसमा आज दिउँसो एउटा घरमा आगलागि हुँदा एक वालकको घटना स्थलमै मृत्यू भएको छ । यसरी मृत्यू हुनेमा मर्भुङ्ग गाविस ९ निवासी दधिराम मुखियाका २ वर्षे छोरा थमन मुखिया रहेका छन् ।
घरमा वावालीकाहरुले आगो खेलाउने क्रममा अचानक आगलागि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनामा परि दधिरामकी ५० वर्षिया श्रीमती मनकला मुखिया र ५ वर्षे छोरी दिविका मुखिया घाईते भएका छन् । उनीहरुको अवस्था गंभिर रहेको वताईएको छ । घाईतेहरुको अहिले जिल्ला अस्पताल तम्घासमा उपचारका भैरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग