Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अरिंगालले चिलेकी थप एक बालिकाको मृत्यु, मर्नेको सङ्ख्या ३ पुग्यो

Published on 2:57:00 AM //


गुल्मी , कार्तिक ५ - तीन दिनअघि अरिंगालको टोकाइबाट घाइते हस्तिचौरकी थप एक बालिकको पनि मृत्यु भएको छ । यसअघि दुई बालिकाको मृत्यु भएको थियो ।

प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेका अनुसार हस्तिचौर ७, रातचौरकी कुलबहादुर कुमालकी ३ वषर्ीया छोरी कुस्मा कुमालको उपचार क्रममा काठमाडौंमा मृत्यु भएको हो । यसअघि कुलबहादुकै १० वषर्ीया छोरी कृष्णा र रेनबहादुर कुमालकी ४ वर्षीया छोरी सजिना कुमालको मृत्यु भएको थियो । घाइतेमध्येकी रेनबहादुरकी श्रीमती सरस्वती कुमालको अवस्था सामान्य भएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पाल्पा हुँदै काठमाडौं पुर्‍याइएकी कुस्माको उपचारक्रममा शुक्रबार साँझ मृत्यु भएको काफ्लेले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग