Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले गाउँ अध्यक्षले ड्राईभरलाई बाँधेर कुटे, डेढ लाख बराबरको धनमाल लुटेको गाडी धनीको दाबी

Published on 2:50:00 AM //

एमाले नेता भन्छन, "मैले समातेको मात्र हो, अरुले मुक्का हाने ।" 

प्रेम सुनार
गुल्मी, ५ कार्तिक । नेकपा एमाले हस्तीचौर गाउँ कमिटीका अध्यक्ष राम मल्ल ठकुरीले जीप चालकलाई बाँधेर मरणासन्न हुनेगरी कुटेका छन् । तम्घासबाट मुसिकोट तर्फ जादै गरेको लु् १ ज १९५४ नम्वरको जिप चालक कमल भन्ने रेसु बुढा र सह चालक अशोकलाई बडागाउँको भञ्ज्याङ्ग जंगलमा जीपमै बाँधेर कुटेका हुन् ।
जिपले हस्तीचौरको रातचौरमा एक बालकको खुट्टा च्यापेको भन्दै मल्लले पार्टिका अरु कार्यकर्ता जम्मा पारेर चालकलाई कुटेका हुन् । गाडी चलिरहेको अबस्थामा सडकमा बालक दौडेर आएकोले खुट्टा च्यापेको र आफूले प्रहरीलाई फोन गरेर घटनाको बारेमा जानकारी गराई उपचारको जिम्मेवारी लिईसकेपछि पनि उनीहरुले कुटेको पिडीत चालक र यातायात व्याबसायीले बताएका छन् ।
‘एक्कासी राम दाईले मोटरसाईकलमा आएर मुक्का हाने, म गाडी चलाईरहेको थिएँ– चालक बुढाले भने – त्यपछि १५÷२० जनाले कुट्दै डोरीले हात बाँधेर मारेर फालौँ भन्दै टायरमुनि हालेको थाहा छ त्यसपछि के भयो म बेहोस भएँ ।’ उनीहरुले घाईते बालकलाई समाएर बसेका सह चालक अशोकलाई समेत कुटेको बुढाले बताए ।
"दुर्घटना चालकको गल्तीले मात्रै हुँदैन", प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले भन्नुभयो, "बालक घाईते भएपछि तत्काल चालकले फोन गरेर प्रहरी कार्यालयमा जानकारी गराएका छन्, उनलाई कुट्नु सरासर गलत हो ।’
जिल्लामा यातायात मजदुरहरु कुटिँदै आएका छन् । उनीहरुको सुरक्षा प्रहरीले गर्न सक्ला? भन्ने प्रश्नमा काफ्लेले असुरक्षित महसुस भएका चालकलाई सुरक्षा दिने बताए ।
यस घटनाका सन्दर्भमा गुल्मी यातायात व्याबसायी संघले कडा आपत्ति जनाएको छ । बाँधेर पाशविक रुपमा दलकै नेताहरुबाट कुटिनुले यातायात मजदुरहरु असुरक्षित भएको भन्दै संघका उपाध्यक्ष रमेश श्रीसले कानुनी कार्वाही हुनुपर्ने अडान लिएका छन् । तर पनि कुटपिटका नाईके अध्यक्ष मल्लको बचाउमा दलका नेता प्रहरी कर्यालयमा धाएको पिडीत चालकको गुनासो छ । ‘म कुटिईन मात्रै, १ तोला २५ लालको सुनको सिक्री, यात्रुको टिकट शुल्क, पसलेहरुले लोड गरेको मदिरा, चिसो पेय पदार्थ लागयत झण्डै डेढलाख भन्दा बढी रकम लुटेका छन् ।’ गाडी धनी नारायण कुँवरले भने हामीले बालकको उपचार गराउँछौँ तर ड्राईभरमाथी भएको ज्यादती विरुद्ध कार्वाही हुनुपर्छ ।
मल्लले भने आफूले समातेको मात्रै अन्य केटाहरुले कुटेको दावी गरे । घटनामा संलग्न दुई जनालाई शनिबारदेखि प्रहरी हिरासतमा राखिएनि नाईके एमाले अध्यक्ष मल्ललाई छाडीएको छ ।
उनलाई घटनामा संलग्न अन्य यूवाहरुलाई पनि खोजेर ल्याउन भनि छाडीएको प्रहरीको भनाई छ । मल्ल लगायतको टोलीले यो घटना घटाएपछि त्यसतर्फ जीप चालकहरुलाई थप धम्की आएको अर्का यातायात व्याबसायी महेश कुमार श्रेष्ठले बताए । जिल्लामा दशैमा नयाँ खुलेका सडकहरुमा बस र जिप समितीविच विबाद हुँदै आएको छ । जिप चलीरहेको स्थानमा बस चल्न थालेपछि जिपले अबरोध गर्ने र बस चल्न थालेपछि जिप चालकहरुलाई कुने न कुनै बाहनामा कुट्ने गरीँदै आएको छ ।
यस घटनाको आईतबार छलफल गरीने चालकले उचित क्षतिीपूर्ति नपाए सार्वजनिक मुद्धा दर्ता गरीने उपाध्यक्ष श्रीसले बताए । जिल्ला सुरक्षा समितीले सडक दुर्घटनाको जिम्मेवार चालक मात्र नभई जथाभावी सडकमा पशुचौपाया र बालबच्चा छोडीदिने अविभावक पनि भएको भन्दै केहीदिन अघिमात्र सडकमा बालबच्चा नछोड्न जिल्लाबासीलाई आग्रह गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग