Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज दशैँको आठौँ दिन महाष्टमी मनाइँदै

Published on 11:19:00 AM //


काठमाडौँ, कात्तिक ६ - दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।
काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्सालभगवती, भद्रकाली, शोभाभगवती, विजयेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायत मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ।

पशुबलिका रुपमा राँगा, हाँस, कुखुरा, बोका, भेंडा आदिको भोग चढाइन्छ। पशुबलि निषेध चेतना अभियान जस्ता संस्थाहरुले भने मानिसमा रहेको काम, क्रोध, लोभ, मोह, मदमाश्चर्य आदि अहङ्कारलाई बलि दिनुपर्ने भनी अभियान चलाइरहेका छन्।

राष्ट्रपति शक्तिपीठमा 
राष्ट्रपति रामवरण यादवले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठ पुगी पूजाअर्चना गरेका छन्।
उनले नक्सालभगवती, मैतीदेवी, भद्रकालीलगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन गरेका थिए। रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग