Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शंकास्पद जीप र मोटरसाइकलहरु प्रहरी नियन्त्रणमा

Published on 1:44:00 AM //


प्रेम सुनार
गुल्मी, १९ असौज । चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीले शंकास्पद केही जीप र मोटरसाइकलहरु नियन्त्रणमा लिएको छ ।
जिल्लामा सञ्चालन भएका ८ वटा जीप र ४ वटा मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख राजकुमार वैदावारले बताउनुभयो । आठमध्ये दुई वटा जीपको छानविन भैसकेको र छ वटा जीपको हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार खर्ज्याङ गाविसबाट मात्रै ४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । लु.१.प. १२६९, लु.२.प.२५५७, लु.३.प. १३१६ र लु.२.प १२४९ नम्बरका विभिन्न कम्पनीका ४ वटा मोटरसाइकल नियन्त्रणमा लिई चोरीका हुन् वा होइनन् अनुसन्धान भइरहेको वैदावारले जानकारी दिनुभएको छ ।
गुल्मी प्रहरिले गत बर्ष जिल्लाका बिभिन्न स्थानबाट पक्रेर प्रदर्शनीमा राखेका मोटरसाईकलहरु । फाइल तस्बिर: घनश्याम गौतम  


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग