Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका नेवारहरु संगठित, प्रथम अधिबेशनको प्रचारको लागि मोटरसाईकल र्‍याली

Published on 3:12:00 PM //


अनिल खत्री
गुल्मी, असौज २६ । नेवा दवु: गुल्मीले आफ्नो प्रथम जिल्ला अबिधेसनको पुर्व सन्ध्यामा अबिधेसनको तयारीको लागी भन्दै शनिबार गुल्मीको बलेटक्सारबाट तम्घाससम्म मोटर साइकल र्याली सम्पन्न गरेको छ ।
गुल्मीको बलेटक्सारमा यहि आउंदो कार्तिक २ गते आफनो प्रथम जिल्ला अधिवेसन सफन पार्न भन्दै मोटरसाइकल र्याली सहित सदरमुकाम तम्घास आएको टोलिले पत्रकार संग भेटेर आफनो प्रथम जिल्ला सम्मेलन सफल रुपले सम्पन्न गर्न प्रचार स्वरुप सदरमुकाम तम्घास आएको बताए ।
गुल्मी जिल्लाको नेवारी भाषा, कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै जातिय एकता र सदभाव कायम गर्ने उद्देश्यअनुरुप गुल्मीमा २०६६ जेष्ठ १३ गतेबाट संगठित भई हाल गुल्मी जिल्लामा क्रियाशिल रहदै आएको र्याली पश्चात पत्रकार संग भेटघाट कार्यक्रममा जानकारी दिए । हाल गुल्मीमा रहेको नेवा दवु: गुल्मीमा २५० भन्दा बढी आफना सदस्य रहेको र आगामी दिनमा सदस्यता बढाउदै लैजाने पत्रकारहरुलाइ जानकारी गराएको थियो ।
गुल्मी जिललामा हाल रिडी, तम्घास, बलेटक्सार, बलेचौर, टाहाटिम, वामीटक्सार, शान्तिपुर, चारपाला, जोहाङ्ग खैरेनी, पुर्तिघाट, पुर्कोट, धरमपानी, लुम्छा, जुभुङ्ग, छापचौर, थानपति लगायतका ठाउँमा नेवारहरुको बसोवास रहेको नेवा दबु: गुल्मीका अध्यक्ष तिर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग