Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जँड्याहाले जिप चालकको खुट्टा भाँचे

Published on 7:53:00 PM //


विशाल भट्टराई
गुल्मी, १३ कात्तिक । गुल्मीमा सवारीसाधनका चालकमाथि कुटपिट बढेर गएको छ । एक सातामै दुई चालकमाथि कुटपिट भएको छ । कुटपिटबाट एक चालकको खुट्टा भाँचिएको छ भने सवारी चालकलाई कुटपिट गर्ने युवाले एक लाख ३० हजार रुपियाँ जरिवानासमेत तिरेका छन् ।

धुर्कोट रजस्थलमा जँड्याहा युवाको समूहले जिप चालकलाई कुटपिट गरेका छन् । धुर्कोट रजस्थल–७ किमुखर्कका कमल कार्कीलगायत युवा समूहको कुटाइबाट जिप चालक तीर्थ घिमिरेको दायाँ खुट्टा भाँचिएको छ ।
युवाको समूहको कुटपिटबाट सहचालक कृष्ण सराङकोटी तथा दुर्गा घर्ती पनि घाइते भएका छन् । तम्घासबाट वाग्ला जाँदै गरेको लु.१ज १६९२ नम्बरको जिपलाई उकालोमा रोकेर उनीहरूमाथि कुटपिट भएको घिमिरेले बताए ।
घिमिरेले राति नै सहकर्मीहरूलाई फोन गरेपछि धुर्कोट चौकीका प्रहरीले उनीहरूको उद्धार गरेका थिए । कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर शनिबार छाडेको छ । जिल्ला प्रहरी कार्यालयले कुटपिटमा संलग्नलाई पुन: नियन्त्रणमा लिन आदेश दिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग