Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दरबार देबिस्थानमा घर भित्रै पसेर बाघले मान्छे खायो, हड्डी मात्र बाँकी

Published on 11:07:00 AM //

प्रेम सुनार
गुल्मी, असौज २२ । दरबार देविस्थानकी एक बृद्धालाइ बाघले खाएको छ । गए राती घरभित्रै पसेको बाघले दरबार देविस्थान ४ भलाएचौर निवासी ६० वर्षिया बृद्धा रेनुकला खत्रीलाइ बाघले खाएको हो । "राती कतिबेला पस्यो भन्ने एकिन भएन", स्थानिय पत्रकार राम केसीले भने, "बिहानपख थाहा भयो, बृद्धाको शब पहिचान नै गर्न नसक्ने अवस्थामा छ ।"
"मासु पुरै खाएको छ, हड्डी मात्रै बाँकी छ" उनले भने, "त्यो दर्दनाक दृश्यले गाउँ शोकमग्न र त्रसित छ ।" खत्री घरमा एक्लै बस्दै आएकी थिइन । प्रहरीलाई सुचित गरिएको र घटनास्थल तर्फ आउँदै गरेको केसीले जानकारी दिए । घटनास्थल सदरमुकाम तम्घासबाट सवारीसाधनमा आधा घण्टाको दुरिमा छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग