Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैको चहलपहल तिव्र

Published on 2:42:00 AM //


पि.एम.मगर
गुल्मी, कार्तिक ४ । दशैंको चहलपहलले यतिवेला जिल्ला सदरमुकाम तमघास लगायत गाउँघर सवैतिर रौनक छाएको छ । दशैको टिकाको दिन जति जति नजिकिँदै छ त्यति नै मात्रामा रौनक अझ थपिँदै छ । अध्ययन तथा अन्य जागिरको सिलसिलामा जिल्ला भन्दा वाहिर गएका व्यक्तिहरु फर्किने क्रम पनि वढिरहेको छ भने वजार तथा पसलहरुमा पनि उत्तिकै भिड लागिरहेको छ ।
गाउँ गाउँबाट किनमेलका लागि बजारमा आउने हुँदा यो समयमा बजारको व्यापार व्यवसायमा उल्लेख्य बृद्धि हुने गर्छ । विशेष गरी कपडा र खाद्यान्नका पसलहरुमा सर्वसाधारणको वढी भिड लागेको छ । यो भीडको मौकामा अनियन्त्रित नाफा खाने होड पनि नचल्ला भन्न सकिन्न । कृत्रिम अभाव सृजना गरेर होस्, सामानको भाउ बढाएर होस वा व्यापक मिसावट गरेर, उपभोक्ता ठग्ने प्रबृत्ति हुन सक्छ ।
त्यसैले स्थानीय प्रशासन र उपभोक्ता बढि नै सजग हुनुपर्ने वुद्धिजीविहरुको भनाई छ । यो समय विदेशमा रहेका धेरैले आफन्तले आफ्ना परिवारजनलाई पर्वका लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउने गर्नाले सर्वाधिक रेमिट्यान्स पनि जम्मा हुने गरेको छ । यस वर्षको असोज महिनामा मात्र ५० करोड भन्दा वढी रेमिट्यान्स जिल्लामा भित्रिएको विभिन्न वित्तीय संस्थाहरुले दिएको तथ्याङ्गवाट स्पष्ट छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग