Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तमघासको फुटपाथ पसल हटाईयो, महल कहिले हटाईन्छ त ?

Published on 2:44:00 AM //


प्रेम सुनार
गुल्मी, असौज १७ । सदरमुकाम तमघास बजार क्षेत्रका सार्वजानिक जग्गा अतिक्रमणको फिर्ता प्रकृया संगै यहाँको प्रशासनले सडक छेउमा फुटपाथ पसल गर्नेहरुलाई पनि हटाउन सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरक्षक देवानन्द उपाध्यायको नेतृत्वमा खटिएको टोलीले आज पहिलो दिन लाकुँरी मञ्चदेखि एसविआई बैक हुदै पुतली वजार सम्मका ४० वटा भन्दा बढी फुटपाथका पसलहरु हटाईएको छ ।
उद्योग बाणीज्य संघ र तमघास गाविसका प्रतिनिधी समेतले सुरु गरेको यो अभियानलाई सहयाक राजमार्ग छेउका फुटपाथ पसलहरुमा समेत पु¥याईने प्रहरीनायव उपरिक्षक राजकुमार वैदवारले बताए ।
‘भोली बस पार्कदेखि ट्राफिक चोक हुँदै खानीगाउँ क्षेत्रका फुटपाथ पसलहरु हटाईने छ’ बैदवारले भने –‘अगाडी राखेर विक्रि गर्ने समान र निर्माणका लागि राखिएको समग्री समेत हटाईने छ ।’ फुटपाथ पसलहरुले पैदल यात्रु र सवारी साधनहरुलाई अवरोध पुराएको र यसले दुर्घटना समेत निम्ताउने प्रहरीको ठहर छ ।
पछिल्लो चरण जिल्ला प्रशासन कार्यालय जिल्लाको सरसफाई र वातवरण सुधारलाई पहिला आफैबाट सुरु गरौंैं भन्ने मुल नाराका साथ लागेको छ । त्यसैको उदाहरण हो बर्षौदेखि कुनै पनि प्रशासकले सुरु गर्न नसकेको तमघास बजार अतिक्रमण फिर्ता प्रकृया ।
दिनभरी सडकमा गरिवीका विस्कुन सुकाउदै साँझको गुजरा चलाउने फुटपाथका गरिवहरुलाई त हटाएको छ तर सार्वजानि जग्गा अतिक्रमण गरेर वनाईका महलहरुका मालिकहरुलाई हटाउन सक्छ कि सक्दैन त ? यस्तो जन चासो बढ्न थालेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग