Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मासु सुकाउन खोज्दा दुई घर जले

Published on 7:42:00 PM //


चितवन, कात्तिक ६ - शक्तिखोर गाविस वडा नम्बर ७ भोर्लाघारीस्थित एक घरमा मासु सुकाउने क्रममा गएराति आगालागी हुँदा दुई घरमा क्षति पुगेको छ।
आगलागीबाट झन्डै रु सात लाख बराबरको क्षति भएको छ। भोर्लाघारीका मङ्गलबहादुर चेपाङको घरमा राति १० बजेतिर मासु सुकाउने क्रममा आगालागी हुँदा उनको घरमा पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगालागीबाट मङ्गलबहादुरको घरभित्र रहेका खाद्यान्न एवम् लत्ताकपडा जल्दा रु चार लाख ६१ हजार बराबरको क्षति भएको छ।

त्यसैगरी छिमेकी ज्योतिमान चेपाङको घरको माथिल्लो तल्ला जलेर नष्ट हुँदा रु दुई लाख सात हजारबराबरको क्षति भएको छ। स्थानीयवासी र प्रहरीको सक्रियतामा राति अबेर आगो नियन्त्रणमा लिइएको थियो। रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग