Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एभरेष्ट चेम्बर अफ कमर्स दिल्लीको टोलीलाई तम्घासमा स्वागत र सम्मान

Published on 7:11:00 PM //

एभरेष्ट चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्ीज दिल्लीको एक टोलिलाई आज गुल्मी उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । भ्रमणका क्रममा आज गुल्मीको सदरमुकाम तम्घासमा आई पुगेको टोलिलाई स्वागत तथा सम्मान गरिएको हो । भेटघाट तथा छलफलको क्रममा इण्डष्ट्रीजका पदाधिकारीले रेसुङ्गा बहुमुखी क्याम्पसको वृहत्तर विकासको लागि हुदै गरेको महायज्ञलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । साथै प्रसिद्ध धार्मिक स्थल रेसुङ्गा र धुर्कोटमा रहेको विचित्र गुफाको भ्रमण तथा अवलोकन समेत गर्ने टोलिले जानकारी दिएको छ । कार्यक्रममा एभरेष्ट चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्ीज दिल्लीका प्रेसिडेन्ट चिरञ्जीवि मरासिनी, भाईस प्रेसिडेण्ट नारायण श्रेष्ठ , जनरल सेक्रेटरी युवराज बराल एड्भाइजर महेन्द्र भुसाल ,सदश्य टिकाराम कडेल , आर .पि पोख्रेल ,जनक सेडाई नारायण मरासिनी, मन्न शाह ,सञ्जिव राय ,भिम मरासिनी लगायत गुल्मी उद्योग बाणिज्य संघका कृष्ण प्र भण्डारी ,अखिल्लेश्वर पाण्डेय ,महायज्ञ सञ्चालन समितिका संयोजक सुरेश भुसाल , रेडियो रेसुङ्गाका अध्यक्ष डिल्लीराज भुसाल , यम बहादुर थापा ,चनक कुवर , रुद्र भुजेल, प्रहरी नायव उपरिक्षक गुरुबिष्णु काफ्ले लगाएतको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग