Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउखुरीमा गोली चल्यो, तीन घाइते

Published on 8:01:00 PM //


दाङ, कार्तिक ६ - दाङको देउखुरीमा युवाहरूबीच भएको सामान्य विवादमा गोली चल्दा तीन जना घाइते भएका छन् । गढवा ५ चिल्लेमा मेला भर्न गएका युवाबीच विवाद हुँदा गतराति १ बजे गोली चलेको थियो ।

गंगापरस्पुर-८ निवासी प्रभात योगीको खुट्टा र नारायण थापाको पेटमा गोली लागेको दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताएका छन् । झडपका क्रममा बुद्धिमान चौधरीको टाउकोमा चोट लागेको छ । घाइतेलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ ।

चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था गढवाको असोज २१ गते भएको निर्वाचनको विषयलाई लिएर गढवा-२ गढवा निवासी खुम बहादुर कुँवर र सुरेश योगीबीच सामान्य विवाद भएपछि मेलाबाट फर्किने क्रममा गोली चलेको थियो । गंगापरस्पुर खड्कपुर निवासी वीरेन्द्र चौधरीको नेतृत्वमा रहेको टोलीले आफ्नो साथी खुमबहादुर कुँवरमाथि आक्रमण भएको भन्दै तीन राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अहिले गोली प्रहार गर्ने समूहको खोजी भइरहेको एसपी मल्लले जानकारी दिए ।

यसैबीच कांग्रेस केन्द्रीय कार्यालले एक विज्ञप्ति जारी गरी घाइते प्रभात योगी र नारायण थापा कांग्रेस भ्रातृ संगठन तरुण एकाइका सदस्य रहेको जनाएको छ । उनीहरुमाथि गोली प्रहार गर्ने वीरेन्द्र चौधरी फोरम लोकतान्त्रिकका कार्यकर्ता रहेको विज्ञप्तिमा उल्लेख छ । गोली प्रहारप्रति खेद व्यक्त गर्दै विज्ञप्तिमा यस्ता घटना दोहोरिन नदिन फोरम लोकतान्त्रिकलाई चेतावनी दिएको छ ।
कान्तिपुरबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग