Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघ गुल्मीमा विश्वकर्मा

Published on 2:46:00 AM //


प्रेम सुनार
गुल्मी, असौज २८ । पहिलो पटक युवा संघ गुल्मीको नेतृत्व दलित समुदायका युवाले पाएका छन् । हिजोदेखि सदरमुकाम तम्घासमा चलेको आठौ जिल्ला सम्मेलनले बौद्धिक सर्कलका युवा कृष्ण बिश्वकर्माले युवा संघ गुल्मीको नेतृत्व पाएका हुन् ।
गुल्मीको पौदिअमराई निवासी विश्वकर्मा स्कुले बिध्यार्थीकालदेखि नेकपा एमालेमा लागेका थिए । दुई दिनसम्म चलेको सम्मेलनमा ५ सय बढि कार्यकर्ताको विचबाट उनि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन । उनको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको निर्वाचन मण्डलले केहिवेर अघि घोषणा गरेको हो । समितीमको उपाध्क्षमा मोहन पाण्डे, सचिव निरञ्जन थापा काउछा, सह सचिव रामलाल बि.क., कोषाध्यक्ष बसन्त खप्तरी चयन भएको निर्वाचन संयोजक एवं सो पार्टीका सचिवालय सदस्य हिरा ए.सी.ले जानकारी दिए । नव निर्वाचित अध्यक्ष बिश्वकर्माले युवा संगठनलाई लडाकु दस्ता मात्रै ठान्ने परिपाटीको अन्त्य गर्दै बैचारिक र राजनैतिक रुपले चुस्त पार्ने प्रतिबद्धता जनाएका छन् । युवाहरुको गाउँ गाउँमा संघठन निर्माण गरी एमालेलाई देशको पहिलो पार्टी बनाउने बिश्वकमाले दावी गर्दै भने संघठनलाई चुस्त बनाउने छु । सम्मेलनले निवर्तमान अध्यक्ष कृष्ण भण्डारीलाई केन्द्रिय प्रचार विभाग सदस्यमा बढुवा गर्ने सिफारिस गरेको छ ।
सम्मेलनको केन्द्रिय निर्वाचन आयोग सदस्य कमल श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा सो संघठनका केन्द्रिय सचिवालय सदस्य एवं लुम्विनी अञ्चल ईन्चार्ज गणेश श्रीपाली, केन्द्रिय सदस्य विनोदचन्द्र देवकोटा, राजु गुरुङ, युवा संघ रुपन्देहीका अध्यक्ष शरिता श्रीस , केन्द्रिय सदस्य देवराज पोखरेल, एमाले गुल्मीका अध्यक्ष वोमबहादुर खडका सचिव सोमनाथ सापकोटा, उप सचिव वालसिंह काउछा, कार्यालय सचिव जंग नेपाली लगायतले मन्तव्य राखेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग