महायज्ञको आयब्यय तिहारपछी, दान प्राप्त जग्गाहरु चैत भित्रै बेचिने
Published on
5:03:00 AM //
अनिल खत्री
गुल्मी, कार्तिक २४ । रेसुङ्गा बहुमुखि क्याम्पसले सन्चालन गरेको महायज्ञको सचिवालय किरण पुस्तकालय तम्घासमा सम्पन्न बैठकले बाहिरी ठाउँमा गएका नगदी रसिदलाई कार्तिक भित्रै जम्मा गर्ने, खर्च भएका बिलहरुलाई उपसमितिका संयोजक मार्फत पारीत गराई जम्मा गर्ने, महायज्ञको लागी खरीद भएका सामाग्रीको विवरण तयार पारी फिर्ता गर्ने, दानदाताको व्यक्तिगत र संस्थागत सुचि तयार पार्ने, त्यस्तै दानदातालाई दिन बाँकी प्रमाण-पत्र उनिहरुको ठेगानामा पठाउने व्यबस्था गर्ने, दान स्वरुप प्राप्त भएका जग्गा यहि चैत्र महिना सम्म बिक्रि गर्ने लगायतका निर्णय गरीएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9-_EDiy-NaybtiumYf2ZpQ_T_eTnONZiUT1WQ7KVVWNZ1til6IhTbAA5mczFCyaPH5e45iRrQLrCt0VkixmUTgQHmuvRw_4BCkYokcjbj3diTbQKA86t1S_3RPRdjuwKurVNGMTR350tD/s1600/542668_10152282811355647_1125017329_n.jpeg)
महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक शुरेसचन्द्र भुसालको अध्यक्षता रहेको बैठकमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष नन्दराम भुसाल, क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी, पुर्व क्याम्पस प्रमुख शशि पन्थी, क्याम्पस सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद भण्डारी, दान बहादुर के.सी., आर्थिक संकलन उपसमितिका संयोजक दुर्गा चन्द्र बोहरा ,उप-प्राध्यापक यम बहादुर थापा क्षेत्री लगाएतको उपस्थीति रहेको थियो ।