Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा तिहारमा गुल्मेली देउसी भैलो तथा दोहोरी गीत प्रतियोगिता

Published on 4:36:00 AM //


युएईमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ गुल्मी सेवा समाज युएईद्वारा शुभ दिपावलीको उपलक्ष्यमा देउसी भैलो साथै खुल्ला दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ ।

रोजगारीको सिल सिलामा युएई मा छरिएर रहेका गुल्मेली दाजु भाई दिदी बहिनीहरु बीच आपसी सहयोग सदभाब बढाउने उदेश्यले स्थानीय कलाकारहरुलाई गोलाकार गर्दै बिभिन्न कार्यक्रम एवं प्रतियोगिताको आयोजनाका साथ आफ्नो उदेश्यलाई पक्ष्याउदै युएईमा  स्तरीय खुल्ला दोहोरी गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस कार्यक्रमलाइ सफल पार्नको लागि युएईमा रहेका नेपाली संघ सस्थाका पदाधिकारीहरु, वुद्धिजिवीहरु, व्यवसायी, पत्रकार, सात्यिकार, नेपाली दाजु भाई तथा दिदी बहिनीहरु एवं प्रतियोगितामा सहभागिता जनाउनुहुनका लागि सम्पूर्ण दोहोरी प्रेमी कलाकारहरुमा विनम्र अनुरोध गरिएको छ ।

यसरी नेपालीहरुको महान पर्ब को अवसर परेर युएईमा हुन लागेको खुल्ला दोहोरी प्रतियोगितामा भाग लिन इच्छुक कलाकारहरुले आफ्नो टिमको नाम पहिले नै तल दिएको सम्पर्कमा सम्पर्क गरी दर्ता गर्नुहुन यसै सुचना मार्फत जानकारी गरिएको छ । यस प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार तथा प्रमाण पत्र को व्यवस्था गरिएको छ  । लोक भाका वा लोक संस्कृति कुनै एउटा समुदाय र क्षेत्रको नभइ सम्पूर्ण नेपालीहरुको साझा संस्कृति भएकोले राष्ट्रको गौरव बढाउने र नेपालको संस्कृति संरक्षण गर्ने यस उदाहरणीय कार्यको सह्राना गर्दै सबै संघ सस्थाले सहयोग गर्नु हुनेमा आसाबादी रहेका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग