Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयमा लगाइएको ताला ३७ दिन पछि खुल्यो

Published on 12:17:00 PM //


राम सुवेदी,
रेडियो परिवर्तन, बुर्तिबाङ, बागलुङ ।
बागलुङ जिल्लाको बुर्तिबाङमा रहेको उत्तरगंगा उच्च माध्यमिक विद्यालयमा ३७ दिनदेखि लगाइएको ताला आईतबार खुलेको छ । विद्यालयमा पाँच वर्षदेखि प्रअ, प्राचार्यको विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिले गरेका काम, कारबाहीबाट सुरु भएको विवाद सर्वोच्च अदालतसम्म पुगे पनि स्थानीय स्तरमा भने वेलावेलामा विद्यालयमा तालाबन्दी हुँदै आइरहेको थियो । विद्यालयमा विद्यालय व्यवस्थापन समिति विघटन भएको १० महिना वितिसक्दा समेत विद्यालयमा व्यवस्थापन समिति गठनका लागि कुनै प्रक्रिया अघि नबढेको भन्दै अभिभावक तथा विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समितिको गठनको माग राख्दै ताला वन्दी गरेका थिए । यसरी गरिएको तालावन्दीले तिहार पछि विद्यालय खुले पनि उत्तरगंगा उच्च माध्यमिक विद्यालयको पठनपाठन प्रभावित बन्दै गइरहेको थियो । आईतवारै इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख रत्नाकर गौतमको संयोजकत्वमा विद्यालय प्रशासन, अभिभावक, शिक्षक, विद्यार्थी लगायत सर्वपक्षिय बैठकले यही मंसिर २९ गते विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने निर्णय गर्दै विद्यालयमा लगाइएको ताला खोली पठनपाठनलाई निरन्तरता दिने निर्णय गरिएको हो ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग