Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिला प्रहरी सुदृढिकरण त्यसपछि शान्ति सुरक्षा ः डिआईजी बज्राचार्य

Published on 4:49:00 AM //


गगनशिला खड्का
गुल्मी, १० मंसिर ।  पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाताको शान्ति सुरक्षाको लागि पहिला प्रहरी सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।
प्रहरीको आन्तरीक सुदृढिकरणविना जनसुरक्षा कायम गर्न सक्षम नहुने भएकोले पहिला प्रहरीलाई आन्तरीक सुदृढिकरण गर्ने क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रमेश शेखर बज्राचार्यले बताए । पश्चिम क्षेत्रमा सरुवा भएर आएपछि पश्चिमाञ्चलका विभीन्न जिल्ला भ्रमणका क्रममा गुल्मी आएका बज्रचार्यले आईतबार सदरमुकाम तम्घासमा भएको पत्रकार भेटघाटमा यस्तो बताएका हुन । ‘प्रहरीले देशको राजनैतिक, सामाजिक, आर्थिक र स्थानिय समाजको स्वरुप बुझ्नुपर्छ – उनले भने – जवसम्म प्रहरी आन्तरीक रुपमा सुदृढ हुँदैन तवसम्म जनतालाई शान्ति सुरक्षा दिने कुरा संभव हुँदैन, त्यसैले पहिलो काम प्रहरीको आन्तरीक सुदृढिकरण रहने छ ।’
बज्राचार्यले प्रहरी संगठन भित्रको एउटा सिपाही जति सुधार हुन्छ त्यतीनै जनता संगको सहकार्यमा काम अगाडी बढाउन सजिलो हुने बताए । उनले अहिले प्रहरी संगठन भित्र शुन्य सहनशिलता कायम गर्ने कार्यक्रम रहेकोले प्रहरी भित्रको आन्तरीक सुधार पछि जनता संगको सहकार्यलाई अगाडी बढाईने बताए । उनले भने“हामीले अहिले हाम्रै संगठन सुदृढीकरण गर्नको लागि शुन्य सहनशिलता कार्यक्रमलाई अगाडी बढाएका छौँ, यसपछि पक्कै पनि जनताको साथ विना प्रहरी अगाडी बढ्न सक्दैन त्यसकारण जनता संगको सहकार्यलाई अगाडी बढाउनेछौँ ।”उनले कुनै पनि बहानामा प्रहरी संगठन भित्रको व्यक्तीले घुस लिने काम गरेको पाईएमा कडा कार्वाही गरिने समेत बताए । भ्रमणको क्रममा पश्चिम क्षेत्रमा सवारी दुर्घटना सबैभन्दा ठूलो समस्या रहेको आफुले थाहा पाएकोले त्यसको न्युनीकरणका लागी जनचेतनाको कार्यक्रमलाई जोड दिने उनको भनाई छ ।
गुल्मी र पाल्पामा आत्महत्या तथा घरेलु हिँसाका घटनाहरु पनि समस्याको रुपमा रहेकोले समाधानको पहल एकसाथ शुरु गर्ने कार्यक्रम तय गरेको बज्रचार्यले बताए । उनले भने“ म भर्खर डिआइजीको रुपमा नियुक्त भएर यस क्षेत्रको भ्रमणमा निस्कदाँ सबैभन्दा ठुलो समस्या ट्राफिक दुर्घटना र त्यसपछि आत्महत्या भएको भेट्टाए ।” डिआईजी बज्राचार्य संगको भेटमा गुल्मीका पत्रकारहरुले गुल्मीमा प्रहरीले गरेका राम्रा,नराम्रा र सुधार गर्नुपर्ने कुराहरुको विषयमा जानकारी गराएका थिए । उनिरुले जिल्लामा उजुरी परेर पनि प्रहरीले वेवास्ता गरेका मुद्धाहरुको पनि जानकारी गराएका थिए ।
भेटमा सामुदायिक प्रहरी सेवा समाजका अध्यक्ष र नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष हरी कुमार श्रेष्ठले पुर्व डिएसपी राजकुमार बैदवारले नेपालमै नमुनाको रुपमा शुरु गरेको टोल सुधार समितिलाई अन्य जिल्लामा पनि कार्यान्यनमा ल्याउन सुझाब दिए । उनले गुल्मीमा जसरी टोल सुधार समितिको माध्यमबाट समाजमा शान्ती सुरक्षा कायम गर्न प्रहरीलाई सहज भएको छ अन्य जिल्लामा पनि त्यसो गर्न सके राम्रो हुने बताए । प्रतिकृयामा बज्राचार्यले प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले गुल्मी रहदाँ शुरु गरेको प्रहरी जनता सहकार्य अभियानलाई पश्मिाञ्चल क्षेत्रका १६ ओटै जिल्लामा लागु गर्ने जानकारी दिए । भ्रमणका क्रममा डिआईजी बज्राचार्य संगै पुर्व डिएसपी राजकुमार बैदवार आएकोले गुल्मी जिल्लाको विषयमा जानकारी दिन सहज भएको थियो । बैदबार अहिले गुल्मीबाट सरुवा भई बुटवल तालिम केन्द्रमा कार्यरत छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग