Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाहरु सहकारी व्यवस्थापनमा

Published on 12:21:00 PM //


आपत रामजाली
बागलुङ, मंसिर ११ । बाग्लुङ जिल्लाको पश्चिम क्षेत्रमा रहेका तिनवटा गाउँ विकास समितिहरुमा सहमति र पलान नेपालको साझेदारीमा सञ्चालित स्वालम्बी समूह तथा महिला सहकारी प्रवर्धन कार्यक्रम अन्तरगत सहकारी व्यवस्थापन र विकासको लागि सक्रिय भएका छन् ।
पलान नेपालको आर्थिक सहयोगमा नेपालका २३ जिल्लामा महिलाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउदै आएको सहमति संस्था नेपालको सहजिकरणमा महिला सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन भएको हो । सहमति संस्थाले गाविसमा महिलाहरुको आर्थिक विकासलाई ध्यानमा राखेर आफुहरुलाई सहयोग गरेको देविदोभान महिला विकास तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सुजाता रामजालीले बताउनु भयो ।
सञ्चालित कार्यक्रम अनुसार जिल्लाको ९ गाउँ विकास समिति मध्ये पश्चिम बागलुङको देविस्थान, अधिकारीचौर र खुङ्गा गाउँ विकास समितिमा सहकारी व्यवस्थापनको लागि आफुहरुले सहयोग गरेको सहमति संस्थाका  तिन गाउँ विकास समितिका सुपरभाइजर सुर्य चालिसे बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग