Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिवाङमा एक हप्ते नि:शुल्क कान शिविर जारी, दर्ता वन्द

Published on 12:27:00 AM //

सागर भण्डारी
बुर्तिवाङ, १० मंसिर । बागलुङ जिल्लाको बुर्तिवाङमा गत मंगलबारदेखि जारि एक हप्ते बृहत नि:शुल्क कान सम्बन्धि स्वास्थ्य शिविर आज पनि जारी रहने भएको छ । विरामीको अत्याधिक चाप बढेपछि विरामीहरुका लागि स्वाथ्य सामाग्री कम हुँदा रोकीएको बताइएको छ ।
आईएन्एफ नेपाल, जिल्ला स्वाथ्य कार्यालय बागलुङ र प्राथमिक स्वाथ्य केन्द्र बुर्तिवाङको सहजिकरणमा बागलुङ जिल्लाको बुर्तिवाङ हस्पीटल भवनमा सञ्चालित नि:शुल्क शिविर आगामी मंसिर १२ गतेसम्म जारी रहने भएको छ ।
बिरामीको कान जाँच गर्दै चिकित्सक । तस्बिर: सागर भण्डारी
शिविरमा कान सम्बन्धि समस्या भएका विरामीहरुका लागि नि:शुल्क शल्यक्रिया एवं यन्त्र वितरण गरिने आईएन्एफ पोखराका शिविर प्रमुख एकदेव देवकोटाले जानकारी दिनु भयो ।
शिविरमा शनिबार मात्रै बागलुङ र गुल्मी जिल्लाका गरी १२ सय १० जना कानका विरामीहरुले दर्ता गराएका छन् भने एकहजार ६० जनाको चेकजाँच गरिएको तथा एक सय १० जनाको अप्रेसन भएको र २० जनाको सामान्य जाँच गरिएको शिविर प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग