Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन तोला सुनका गहनासहित दुई लाखको सामान चोरी

Published on 8:54:00 PM //


काठमाडौं, मंसिर ६ (नागरिक) - काठमाडौं महानगरपालिका-२९ सामाखुसी टाउन प्लानिङमा सुनका तीन तोला गहनासहित अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीका अनुसार गुल्मी जिल्ला मुसिकोट-४ घर भएका बमबहादुर महत डेरा गरी बसेको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई सुनका विभिन्न गरगहना ३ तोला र नगद ९५ हजार रुपैयाँ समेत चोरी भएको उजुरी परेको छ।

चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग