Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिनीबस दुर्घटनामा १८ घाईते, पाँच यात्रुको अवस्था गम्भीर

Published on 8:54:00 PM //


बिशाल भट्टराई
गुल्मी, ६ मंसिर । अर्घाखाँचीको ठाडामा बुधबार दिउँसो भएको मिनीबस दुर्घटनामा १८ जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकृत प्रहरी निरीक्षक चन्द्रकुमार थापाले जानकारी दिए ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको बा १ ज ७२६५ नम्बरको मिनीबस र विपरित दिशावाट आईरहेको लु ११ प ४५७३ नम्बरको मोटसाइकल ठाडा–२, रिपमा अनियन्त्रित भै एक आपसमा ठोकिँदा मिनीबस सडकबाट ५० मिटर तल खसेको ठाडा प्रहरी चौकीका प्रहरी निरीक्षक राम केसीले बताए ।
दुर्घटनामा मोतिपुर–३ का ३० बर्षीया कमला केसी, अर्घाखाँची गोखुङ्गा–६ का २४ बर्षीय धनबहादुर घर्ती, रुपन्देही–५ का ५० बर्षीय तुल्सी बन्जाडे, बनगाई–३ का ५० बर्षीय धनकुमार सुनार, अर्घातोष–४ अर्घाखाँचीका १८ बर्षीय राजेन्द्र बलाल, सन्धिखर्क–७ का २५ बर्षीय दीपा खनाल घाईते भएका छन् ।
त्यस्तै दुर्घटनामा सन्धिखर्क–७ का ६० बर्षीय रोसन मरासिनी, बुटवलका २९ बर्षीय मीना भट्टराई, खनदह–४ अर्घाखाँचीका २० बर्षीय रीता खनाल, गोखुङ्गा–४ अर्घाखाँचीका १४ बर्षीय उदय आले मगर, सन्धिखर्क– ९ का २८ बर्षीय रन्जीता श्रेष्ठ, धारापानी–२ अर्घाखाँचीका १७ बर्षीय किरण आले, गोखुङ्गा–२ अर्घाखाँचीका १६ बर्षीय गोपाल थापा, नुवाकोट–७ अर्घाखाँचीका २० बर्षीय मनु थापा र बनगाई–३ कपिलबस्तुका २२ बर्षीय बिष्णु सुनार घाईते भएका छन् ।
घाईते १५ जनाको पहिचान भएपनि अन्य तीन जना बोल्न नसक्ने अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन । घाईतेलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग