Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेन्सन क्याम्पमा पत्रकारहरुलाई अव रोकतोक नगर्ने

Published on 3:48:00 AM //


गुल्मी, मंसिर ६ । यतिबेला गुल्मीको सदरमुकाम तमघासमा चलिरहेको भारतीय पेन्सन क्याम्पमा दुई जना पत्रकारलाई पेन्सन क्याम्पका मेजरले रोकतोक गर्न खोजेपछि पत्रकार महासंघ लगाएतको टोली आज त्यहाँ पुगी रोकतोक नगर्न आग्रह गरेको छ । बुधवार विहान पेन्सनवाला वृद्ध वृद्धाहरुको दुःख सुखको समाचार लिन पुगेका पत्रकार प्रेम सुनार र बालकृष्ण बराललाई पेन्सन क्याम्पका मेजर राहुल सख्यानले रोकतोक गर्न खोजेपछि महासंघको ध्यानाकृष्ट भएको हो ।
गुल्मीको तम्घास स्थित धागिथुम डाँडामा रहेको भारतीय पुर्व सैनिकहरुको पेन्सन वितरण क्याम्पमा बुधवार लागेको भिड ।
तस्विर ः घनश्याम गौतम
क्याम्प प्रमुख मेजर राहुल सख्यानले अनुमति नलिई पत्रकारहरु क्याम्प भित्र समाचार सम्प्रेषण गर्न नदिने अभिव्यक्ति दिएपछि क्रान्तकारी पत्रकारका केन्द्रिय सम्मेलन समिति समेत रहेका पत्रकाकार प्रेम सुनारले आफ्नो संगठन लगाएत पत्रकार महासंघ, नेपाल प्रेस युनियन , प्रेस चौतारी लगाएतका संगठनसँग त्यस्तो व्यवहार विरुद्ध क्याम्पको ध्यानाकृष्ट गराउन आग्रह गरेका थिए । उनको आग्रहमा ति संगठनका प्रमुख प्रतिनिधिहरु बुधवार क्याम्प प्रमुख मेजर राहुलको ध्यानाकृट गराउन पुगेका थिए । मेजर राहुलसँग पत्रकार महासंघका अध्यक्ष घनस्याम गौतमले अहिलेसम्म सो क्याम्पमा पत्रकारहरुलाई रोकतोक नभएको जानाकारी गराउँदै सहज वातावरणका साथ पत्रकारहरुले समाचार सम्प्रेषण गर्न पाउनुपर्ने कुराको ध्यानाकृष्ट गराउनुभएको थियो ।
त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरेले आफुहरुको ध्यानाकृष्ट भएको बताउनुभयो । उहाँले क्याम्पको नियम बदलिएको भए पहिल्यै सूचित गर्नुपर्ने तर विना सूचना रोकतोक गर्न खोज्दा पत्रकारहरुको प्रतिष्ठामा आँच आउने भएकोले त्यसो नगर्न आग्रह गर्नुभयो । ध्यानाकृष्ट गराउन प्रेस चौतारी जिल्ला सचिव शिवलाल सुवेदी, सह–सचिव नारायण प्रभात लगाएतका पत्रकारहरु पुगेका थिए ।
क्याम्प प्रमुख मेजर राहुल सख्यान अब त्यस्तो रोकतोक नगरिने प्रतिबद्धता जाहेर गर्दै विहान आफूहरुबीच असमझदारी भएको बताउनुभयो । कतिपय सुरक्षाका दृष्टिले पनि पेन्सन क्याम्पमा को आयो गयो ? निग्रानी राख्नुपर्ने भएकोले अनुमति लिन आग्रह गरेको र आगामी दिनमा पत्रकारहरु भरसक परिचय खुल्नेगरी आइदिए राम्रो हुने धारणा उहाँको थियो । क्याम्पका सेक्रेटरी क्याप्टेन सन्तबहादुर खड्काले विहान सुनार माथि गरिएको रोकतोकप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्तो नगरिने बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग