Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञमा कार्यालय सहयोगीले दिए १ लाख रुपैंया

Published on 8:29:00 PM //


घनश्याम गौतम
गुल्मी– रेसुंगा क्याम्पसको शैक्षिक विकासका लागि बुधवारबाट शुरु भएको ज्ञान महायज्ञमा क्याम्पसका कार्यालय सहयोगीले १ लाख १ रुपैंया दान दिने घोषणा गरेका छन् । उनी महायज्ञकै पहिलो दानदाता हुन् । क्याम्पसमा २१ वर्ष देखि कार्यालय सहयोगीका रुपमा कार्यरत अर्खलेका हिमलाल कंडेलले आफुले तलबबाट आर्जन गरेको रकम मध्येबाट बचाएको पैसा चन्दा दिने घोषणा गरेका हुन् । पहिलो दिन दान दिने घोषणा गरेका कंडेललाई महायज्ञका प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेलले दोस्रो दिनको सभा नायक घोषणा गरे । मासिक १३ हजार रुपैंया पारिश्रमिक पाउने कंडेलले तलबबाटै केही रकम संकलन गरेकाले धर्म र शिक्षाका नाममा चन्दा दिएको बताए । ‘रेसुंगा क्याम्पसका लागि धेरैले सहयोग गरेका छन’, कंडेलले भने, ‘महायज्ञमा चन्दा घोषणा गर्दा धर्म पनि हुने र शिक्षा क्षेत्रको विकासमा योगदान पनि हुने भएकाले परिवारको सल्लाहमा दिने निर्णय गरेको हुं ।’ १ हजार ५ सय विद्यार्थी अध्ययनरत क्याम्पसमा १२ कर्मचारी र ३० प्राध्यापक छन् ।
महायज्ञको दोस्रो दिन विहिवार ६ लाख २२ हजार संकलन भएको आर्थिक संकलन उपसमितिका संयोजक गोविन्द गौतमले बताए । दोस्रो दिन नयागाउ“की सीता ठकुरीले १ लाख रुपैंया, रेसुंगा विकास बैंकले ५१ हजार १ सय ११ सहित पहिलो र दोस्रो दिनको गरी ६४ लाख ७८ हजार ३ रुपैंया संकलन भएको आर्थिक उपसमितिले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग