Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भण्डारीलाई कार्वाहीका लागि वैदेशिक रोजगार विभागमा पठाईयो

Published on 4:43:00 AM //

को हुन अमेरिका पठाईदिन्छु भन्दै ५ करोड भन्दा बढी ठग्ने स्वामी ? के हो उनको हैसियत? पारिवारिक पृष्‍ठभुमी के हो उनको? उनले कहाँ कहाँ ककस्लाई कसरी ठगे ? कसरी पक्राउ परे उनी? यी सबै बिषय सम्बन्धी नालिबेलीको भिडियो रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला ।
जनार्दन घिमिरे
गुल्मी, १५ कात्तिक । वैदेशिक रोजगार ठगीको अभियोगमा मंगलवार साझ जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेका एक व्यक्तिलाई आज आवश्यक कार्वाहीका लागि वैदेशिक रोजगार विभागमा पठाईएको छ । वैदेशिक रोगजारको विषयमा ठगि गरेको अभियोग लागेका गुल्मी धुर्कोट वस्तु गाविस ४ स्थाई घर भई हाल पर्सा डण्डहर अस्थायी रुपमा वसोवास गर्दै आएका आफुलाई स्वामी विष्णु प्रपन्नाचार्य भन्ने २५ वर्षीय विजय भण्डारी लाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधवार अपरान्ह विभागमा पठाएको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनु भएको छ । भण्डारीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि नायव उपरिक्षक गुरुविष्णु काफ्लेको नेतृत्वमा तम्घासको प्रहरी कार्यालय अगाडि रहेको चिदिचौरवाट मंगलवार साँझ पक्राउ गरिएको थियो । पक्राउ परेपछि भण्डारीले संचारकर्मिहरुसँग कुरा गर्दै आफुले विदेशमा यज्ञ संचालन गर्नकालागि बिभिन्न व्यक्तिसँगवाट रकम संकलन गरेको वताएका छन् । उनले आफु पनि अरुवाट संचालीत भएको भन्दै भारतका विहारीदाश जी महाराजले अमेरीकामा गएर यज्ञ गर्ने भनेर आफुँसँग संकलन भएको रकम लगेको र पछि यज्ञ नगरेपछि आफु पनि पीडित वनेको गुनासो गरे । भण्डारीले गिताम्याराथुनमा सहभागि हुनकालागि अमेरिका लैजान्छु भनेर गुल्मी, स्याङ्गजा र पर्वत लगायतका जिल्लाका विभिन्न व्यक्तिहरुसँगवाट रकम ठगि गरेको वताईएको छ । उनी गत साता आफ्नो स्थायीघर गुल्मी आई विभिन्न कार्यक्रमहरुमा सहभागि वनेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग