Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञमा दोश्रो दिनसम्म ६५ लाख संकलन

Published on 8:32:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १६ कात्तिक । रेसुङ्गा क्याम्पसको वृहत्तर विकास सँगै शैक्षिक अनुसन्धान केन्द्र स्थापना गर्नकालागि वुधवारदेखि गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको श्रीमद भागवत विश्व शान्ति ज्ञान महायज्ञको दोश्रो दिनसम्म झन्डै ६५ लाख रुपैया संकलन भएको छ । रेसुङ्गा वहुमुखी क्याम्पस गुल्मीद्वारा आयोजना गरिएको उक्त महायज्ञको दोश्रो दिन आज क्याम्पस संचालक समिति सदश्यद्वय कृष्ण प्रसाद भण्डारी र दुर्गाचन्द्र वोहोराले प्रति व्यक्ति रु १ लाख ५१ हजारका दरले महायज्ञको लागि आर्थिक सहयोग गर्नु भएको छ । त्यसै गरि सिता ठकुरिवाट रु १ लाख १ हजार १ सय ११ रुपैंया र रेसुङ्गा विकास वैंक गुल्मीवाट रु ५१ हजार १ सय ११ रुपैयाँ महा यज्ञमा उपलव्ध गराईएको महायज्ञ आर्थिक समिति संयोजक दुर्गाचन्द्र वोहोराले जानकारी दिएका छन् । महायज्ञकालागि वुधवार जिल्ला विकास समिति गुल्मीवाट रु ३० लाख, गुल्मी उद्योगा वाणिज्य संघवाट पाँच लाख, तम्घास गाउँ विकास समितिवाट पाँच लाख र रेसुङ्गा वुहुमुखि क्याम्पसका प्राध्यापकहरुवाट रु ८ लाख र अन्य व्यक्ति तथा संघ संस्थाहरुवाट गरि हालसम्म झन्डै रु ६५ लाख रकम संकलन भएको हो । महायज्ञको विश्वहिन्दु महासंघका केन्द्रिय अध्यक्ष दामोदर गौतमले उद्घाटन गरेका थिऐे । उक्त महायज्ञको कथा वाचन प्रविण दिनबन्धु पोखरेलले गरेका छन् । कार्तिक २२ गतेसम्म संचालन हुने महायज्ञमा ३ करोड भन्दा वढी रकम संकलन गर्ने लक्ष्य आयोजकले राखेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग