Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचण्ड माथी भएको आक्रमणको ए.नेकपा माओवादी गुल्मीद्धारा भ्रत्सर्ना

Published on 9:41:00 PM //

टोपलाल अर्याल
गुल्मी, मंसिर २ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डमाथी भएको आक्रमणको एकीकृत नेकपा माओवादीले गुल्मीले भत्सर्ना गरेको छ । शान्ति, संविधान र राजनीतिक निकाशका लागी दलहरुविच सकारात्मक पहल भैरहेको बेला नेताहरुको साख गीराउन सुनियोजीत ढंगले आक्रमण भएको भन्दै माओावादी गुल्मीले भ्रत्सना गरेको छ ।
माओवादी जिल्ला सम्मेलन आयोजक समिती संयोजक सुदर्शन बरालद्धारा जारी विज्ञप्तीमा शान्ति र संविधान तथा राजनितीक निकाशका लागी भैरहेको प्रयासको क्रममा प्रचण्डमाथी गरीएको आक्रमण परीवर्तन विरोधी तत्वको उक्साहटमा भएको भन्दै आक्रमणकारीलाई कार्वाहीको माग गरीएको छ । ‘यस्तो कायरतापूर्ण आक्रमणमा संलग्न अपराधी जुनसकै स्तरको र संगठनको भएपनि आक्रोश र आवेग भनेर ढाकछोप नगरी कडा कार्वाही गर्न सम्बन्धित पक्षसंग हामी जोडदार माग गर्दछौँ ’– विज्ञप्तीमा भनिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग