Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज देखि १५ दिन सम्म पेनसन बितरण गर्दै

Published on 9:34:00 PM //


अनिल खत्री
गुल्मी, मंसीर २ । जिल्ला सैनिक बोर्ड, भारतिय क्याम्प गुल्मीले आज देखि १५ दिन सम्म पेन्सन बितरण गर्दैछ । गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, प्युठान र पर्वत जिल्लाका करिव सात हजार ५ सय पुर्व भारतिय सैनिकहरुले पेनसन बुझ्ने बोर्डका सचिव सन्त बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज देखि १५ दिन सम्म बिहान १० बजे देखि साँझ ५ बजे सम्म जिल्ला स्थित सोल्जर बोर्डबाट पेन्सन बितरण गरिनेछ । भारतिय राजदुतवासले हरेक बर्षको २ पटक ६÷६ महिनामा तम्घासमा पेनसन क्याम्प संचालन गर्ने गरेको छ ।
पेनसन बितरण गर्ने सिजनको पुर्व सन्ध्यामा आज सदरमुकाम तम्घासमा चहलपहल बढेको छ । टाढा टाढाका पेनसनरहरु तम्घास आउने भएकोले चलपहल बढेको हो । पेनसनरहरुले पेनसन बुझे संगै किनमेल गर्ने भएकाले क्याम्प नजिकैको बाख्रेछेडा सडक खण्डमा ब्यापारीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । यो समयमा बिशेष गरि आर्थिक कारोबार हुने गरेको छ । पेनसन क्याम्पकै कारणले गर्दा सदाको शनिबार बन्द रहने तम्घास बजारका पसलहरु पनि केहि समय अगाडि देखिनै खुल्ला रहेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग