Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होटलमा भाँडा माझ्ने श्रेष्ठसँग अहिले करोडौँको सम्पत्ति र पनि कैची चलाउँदै

Published on 1:59:00 AM //

प्रेम सुनार
गुल्मी, मंसिर १ । हरेक तिहारमा लक्ष्मी पूजाको दिन लक्ष्मीले बास गरुन् भनेर खल्तीमा तिहार खर्च पनि नराखी धुरीखाँबाको टपरीमा चामल माथी पैसा र दियो बाल्ने गरिन्छ । तिहारमै कसैको घरमा लास पर्छ । त्यो लास घाट लैजान एक सुको साथमा नभएकाहरु ऋण माग्नका लागि पाउ ढोग्दा पनि दिईदैन । किन कि बास गरेकी लक्ष्मी कसैलाई दिईयो भने कहिल्यै फर्केर आउँदिनन् भन्ने अन्धबिस्वासमा जकडिएको छ हाम्रो समाज । तर तम्घासका नरप्रसाद श्रेष्ठ एउटा यस्तो ब्याक्ति हुन जस्ले बिपदमा परेका मान्छेलाई पुजाको टपरीमा राखेको पैसा हिँजो पनि दिए र आज यो तिहारमा पनि दिन तैयार छन् । आजको परिवर्तित राजनैतिक परिवेसमा खुंखार पञ्चे भन्नेहरु पनि नभएका होईनन् नरप्रसाद श्रेष्ठलाई । त्यो राजनैतिक आरोप प्रतिआरोपतिर हामी जान चाहन्नौ । मात्र आज उनको ब्यबसायिक संघर्ष र त्यसबाट प्राप्त सफलतालाई उठान गर्दैछौ हामी ।
आफ्नो पसलमा कपडा च्यात्दै श्रेष्ठ । तस्बिर: प्रेम सुनार
२०१९ साल कार्तिक महिनामा नरप्रसाद श्रेष्ठ गुल्मीको दरवारदेविस्थान ६ चारपालावाट तम्घास आउँदा स–साना खरका झुपडी थिए । उनले पनि त्यस्तै झुपडीमा होटल राखे । त्यतिवेला उनको होटलले भट्टीको संज्ञा पाएको थियो । श्रेष्ठ भन्छन, ‘पाँचसात हजार रुपैँया साथमा हुँदो हो । मान्छे नपाईने कतिवेला खाना पकाउने त कतिवेला जुठाभाँडा माझ्दैमा हैरान हुने गर्दथे । जसोतसो केिह वर्ष होटल चलाएँ । पैसा नभएर वामीका नेवार वन्धुहरुलाई सापटीका लागि गुहारेँ । एकपटक पाँच हजार रुपियाँको ठुलो संकट पर्‍यो । पैसा कतैवाट मिलेन, ओँठमुख सुकाएँ ।" श्रेष्ठ थप्छन, "त्यतिवेला वामीटक्सारकै एकजना व्यक्तिले आवश्यक रकम दिएर त्यो समस्या टारेँ । पछि होटलवाट सफल हुने नदेखेपछि श्रीमतिको नाममा सान्ता वस्त्रालय खोलँ । अहिले ७३ वर्षको उमेरमा पनि यसै वस्त्रालयमा कपडा च्यात्ने कैँची चलाउँदै छु ।"
यो वुढेसकालमा यसो भन्ने नरप्रसाद श्रेष्ठ गुल्मीका सफल ब्यापारी मध्येका एक हुन् । उनलाई अहिले तम्घासका सफल व्यवसायी र वरिष्ठ समाजसेवीका रुपमा सम्वोधन गर्छन् मानिसहरु । वोट गुनाको फल भने झैँ वावु नरप्रसादको संघर्षलाई वाल्यपनमा नियालेका छोरा राजेन्द्रप्रसाद श्रेष्ठले जिल्लामा पहिलो पटक निजि क्षेत्रबाट बित्तिय संस्था रेसुङ्गा बिकास बैक र जिल्लामा पहिलो बिद्युतिय संचार माध्यम रेडियो रेसुङ्गा स्थापना गर्ने अबधारणा ल्याए र सफल पनि भए । अर्का छोरा विरेन्द्रप्रसाद श्रेष्ठले वावुको त्यो व्यवसायलाई अर्थशास्त्रको सिद्धान्तमा उतार्ने तर्फ लागे । नरप्रसाद भन्छन् ‘छोराहरुले मेरो सर्घषलाई बुझेर काम गरे । छोराले मात्र होईन जेठी छोरी निर्मलाले तुल्सीपुरमा कपडाकै दोकान गरेर मेरो पिँढो थामिन् । कान्छी छोरी सरिताले तम्घासमै अधिकृत बिक्रेता मृगेन्दृ सपिङ्ग सेन्टरकी मालिक बनेकी छिन् । त्यसमा ज्वाँई गोमा श्रेष्ठको पनि हात छ ।"
उनी थप्छन, "कान्छो छोरा बिरेन्द्रले लण्डनमा भेहिकल इन्जिनिरिङ्गमा पिएचडि ग¥यो । उसको छोरा विनय बेलायतमै एसएलसीमा फस्ट भयो । आज नेवाहरुको म्ह पुजा र नेपाल संवत ११३३को अवसरमा यहि कुराले सन्तोषमा छु ’श्रेष्ठले भने ।
नेपाल संवत ११३३ को अवसरमा आयोजित एक कार्यक्रममा गुल्मी जिल्लाका
प्रजिअ कबिन्द्र नेपालबाट सम्मान थाप्दै श्रेष्ठ । तस्बिर: प्रेम सुनार
श्रेष्ठ करोडौँको सम्पत्तीका मालिक भए पनि ७३ बर्षको उमेरमा अहिले पनि बिहानदेखि बेलुकीसम्म त्यसै शाान्ता बस्त्रालयमा कपडा नाप्ने र च्यात्ने गर्दछन् । उनले भने ‘बुहारीको जिम्मा दिएको छु तर आफुले छोड्न मन लाग्दैन । यो कपडा पेशा त एउटा नसा नै बनिसके छ मलाई ।’
"पैसा पुजेर आउँदैन सर्घष नगरि", उनले थपे "पैसा आफ्नो लागि मात्र नभई समाजको हितका लागि कमाईयो भने मात्र त्यस्को सार्थकता रहन्छ ।’ सामन्य लेखपढ गर्न जानेका नरप्रसाद २०३४ सालदेखि २०३७ सम्म तत्कालिन तम्घास गाउँ पञ्चायतका प्रधानपञ्च हुन् । उनि २०३८ देखि ४२ सालसम्म तत्कालिन जिल्ला पञ्चयतका सदस्य समेत रहे । ‘दिनमा भलादमी भएर हिंड्थे साँझमा दिनभरीका जुठा भाँडा माझ्थेँ’ श्रेष्ठले भने । गुल्मी उधोग  बाणीज्य संघको संस्थापक अध्यक्ष सेमत रहेका श्रेष्ठले आफ्नो कार्यकालमा संघको भवन समेत बनाए । रेसुङ्गा बहुमुखी क्याम्पसको संस्थापक सदस्य, कोषाध्यक्ष हुँदै १९ वर्षसम्म क्याम्पसमा रहेका श्रेष्ठले केही समय अघी सम्पन्न महायज्ञमा सहयोग नगरेको गुनासो आएको छ ।
किन त भन्ने प्रश्नमा श्रेष्ठ भन्छन् ‘मैले बिचार गर्दै छु क्याम्पसले के गर्न खोज्दै छ ।’ उनि नेपाल नेत्र ज्योति संघ गुल्मी, महेन्द्र उच्च माबि, रेसुङ्गा उच्च माबि, किरण पुस्ताकालय, जिल्ला
बाल क्ल्याण समिति, तम्घास अस्पाताल, तम्घास सयुक्त गुठीका संस्थापक हुन् । उनलाई तम्घासका नेवार समुदायले ब्यबसाय र नेवारहरुको राजनैतिक कृयाशिलतमा प्रेरणाका श्रोत ठान्दछन् । आजको तम्घास बजार बिस्तारमा समेत श्रेष्ठको अहंम भुमिका रहेको नेवार समुदायका बर्तमान सफल राजनितिकर्मी कांग्रेस गुल्मी जिल्ला उप–सभापति भुवनप्रसाद श्रेष्ठ बताउछन् । ‘उहँका बारेमा छोटो समय मै सबै भन्न सकिन्न श्रेष्ठले भने ‘उहाँ नेवारहरुको मात्र नभई सबै समुदयको प्रेरणाको श्रोत हो ।’
उनलाई नेपाल संबत र म्ह पुजाको अवसरमा नेवाः दवुः तम्घासले सम्मान ग¥यो । यस अवसरमा रेडियो पत्रिका ओझेलका खवर युनिटको तर्फबाट हामीले उनै सफल ब्यवसायी श्रेष्ठसंग अन्तबार्ता लिएका थियौ सुनौ:




Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग