Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमै सुत्केरी गराउँदा एक महिलाको मृत्‍यु

Published on 11:37:00 PM //

गुल्मी , मंसिर १० । घरमै सुत्केरी गराउँदा हस्तिचौर ८ पालुखाकी २४ बर्षिया राधिका नेपालीको अत्यधिक रक्तस्रावले मृत्यु भएको छ । शुक्रबार बच्चा जन्मिएपछि रक्तस्रावले बेहोस भएकी उनलाई उपचारका लागि तम्घास ल्याउने क्रममा शनिबार बाटोमै मृत्यु भएको हो । छिमेकी लक्ष्मी केसीले बच्चाको अवस्था सामान्य रहेको बताइन् । आर्थिक अवस्था कमजोर भएकी उनी दैनिक ज्याला, मजदुरी गरेर गुजारा गर्दै आएकी थिइन् । मृतक नेपालीका ९ बर्षिया छोरी र ३ वर्षिय छोरा छन् । -कान्तिपुर दैनिकबाट 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग