Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्खलेमा जुवा-तास खेल्ने र जाँड रक्सी खानेलाई आमाहरुले कारवाही गर्ने

Published on 8:06:00 PM //


प्रेम सुनार
मंसिर ५ गुल्मी । गुल्मीको अर्खले गाविसको लामडाँडा गाउँ जाँड रक्सी र जुवातास निषेध क्षेत्र घोषणा गरिएको छ । गाउँमा जाँड रक्सी जुवा तासले आजित भएपछि गुल्मी त्यसगाउँका महिलाहरु र वडा नागरिक मञ्चले बृहत भे लाको आयोजना गरी घोषणा गरेको हो ।
अर्खले गाविस वडा नं ४ लामडाडाँ वडा नागरिक मञ्च र प्रगतिशिल आमा समुह अर्खलेको अगुवाईमा यतिबेला सिङ्गो गाउँ नै जाँड रक्सी एवं जुवा तास बिरुद्ध जुटेको छ । उनीहरुले त्यस्तो विकृति विरुद्ध जनचेतनात्मक ¥याली गर्नुको साथै जाँड रक्सी पिउने र जुवा तास खैल्नेलाई कार्वाहीको नियम समेत बनाएका छन् ।
लामडाँडाको ठुलापोखरादेखि निस्केको ¥याली पोख्रेलडाडाँ हुँदै साउनेखोला, पिपलनेटासम्म २१० घरधुरी नौमति बाजासहित गाउँ परिक्रमा गरेको थियो । पुन लामडाडाँ स्थित सरस्वती प्राथामिक विद्यालयको प्राङ्गणमा आई सभामा परिणत भएको थियो । जाँड रक्सी जुवा तास नियन्त्रण अभियानको अर्खले गाविस सचिव झविन्द्र भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि भण्डारी र विशेष अतिथि तरुणदल गुल्मीका अध्यक्ष खिलध्वज पन्थीले लामडाडाँ गाउँलाई जाँडरक्सी निषेध क्षेत्र घोषणा गरेका थिए ।
जाँड रक्सी जुवा तासले गाउँमा आर्थिक नोक्सानी, श्रम गरी खाने मानिसहरुको कमी हुनुका साथै यसबाट घरेलु हिंसा एवं यौन जन्य क्रियाकलापबाट महिलाहरु पिडित भएकोले स्थानीय क्रियाशिल चारवटै दल एकिकृत नेकपा माओवादी , नेपाली काँग्रेस र नेकपा एमाले पार्टीको संयुक्त निर्णयमा लामडाडाँलाई जाँडरक्सी जुवातास निषेध क्षेत्र घोषणा गरिएको वडा नागरिक मञ्चका अध्यक्ष एवं अभियानका संयोजक केशव खत्रीले बताए । पुरुषहरु विहानैदेखि जाँडरक्सी खाने जुवाको खालमा दिन कटाउने महिलाहरु दिनभरी काम गरेर पनि राती सुखसँग खान नपाई कुटाई खानुपर्ने भएपछि सहन नसकेर महिलाहरु त्यस विरुद्ध उत्रिएको प्रगतीशिल आमा समूह अर्खले ४ की कालिका खनालले बताइन् ।
निषेध क्षेत्रलाई साकार पार्न नीति नियम तैयार पारेका स्थानीय अगुवा डिल्लीराज खनालले रक्सी बेच्नेलाई समेत कार्वाही हुने बताए । जनजाती एवं दलितहरुको चाडपर्वको सस्कृति मान्न छुट दिइए पनि होहल्ला एवं घरयासी झगडाको उजुरी परे समितिले कार्वाही गर्ने जानकारी गराए ।
उनले दिएको जानकारी अनुसार पहिलो पटक जाँडरक्सी खाएको भेटिने व्यक्तिलाई १ हजार जरिवाना गरिनेछ , दोस्रो पटक २ हजार , तेस्रो  पटक ३ हजार र जरिवाना गरिने छ । चौथो पटक जिल्ला प्रशासन वा प्रहरी कार्यालयमा सम्वन्धिलाई कार्वाहीका लागि सिफरिस गर्नेछ । त्यस्तै जुवा तास खेल्नेलाई ५ सय १ हजार , १५ सय जरिवाना गरिनेछ भने चौथो पटक प्रशासनमा बुझाइनेछ ।
समितिले सुरुमा सूचना दिनेछ , सुराकी गर्नेछ र रातमा गस्ती र छड्के अनुगमन समेत गर्नेछ । यो नियम अर्खले ४ का सारा गाउँवासीले ताली हानेर अनुमोदन गरे एकै स्वरमा भने ‘यो विकृती अन्त्य गरेरै छाडौ सभ्य समाजको स्थापना गरौ । ”
त्यस वडाको २१० घरधुरी मध्ये ८० प्रतिशत ब्राम्हण, क्षेत्री र २० प्रतिशत अन्य छन् । खनाल थरका ब्राम्हणको बाहुल्य छ । यो अभियानको सुरुवात २०६१ सालदेखि ब्राह्मण समाजले सुरु गरेपनि अन्य समुदायले अटेरी गरेको थियो । बल्ल अहिले आएर सबैले यो कुरा ठिक रहेछ भनेर समर्थन गरेका हुन ।
कार्यक्रममा एकिकृत माओवादी अर्खले गाउँ कमिटि अध्यक्ष तेजप्रसाद खनाल वडा नागरिक मञ्च ३ न का संयोजक खेमराज खनाल, पुर्व वडा अध्यक्ष गणेश मरासिनी, जनविकास कृषी सहकारी संस्थाका बालुराम खनाल, जनविकास आमा समुहका प्रतिनिधि पवित्रा खनाल, अर्खले गाविस सामाजिक परिचालक शान्ती विश्वकर्मा,ब्रह्मण समाज अर्खले ४ का अध्यक्ष थानिश्वर खनाल, जोहाङ्ग गाविस सचिव शोभाखर पोख्रेल,व्यावसायिको तर्फबाट शुशिल खनाल लगाएतले मन्तव्य राखेका थिए । जाँडरक्सी जुवातास निषेध अभियानका संयोजक केशव खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधा खनाल स्वागत मन्तव्य र सञ्चालन डिल्लीराज खनालले गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग