Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति नेपाली समाजको आयोजनामा बेलायतमा दशैँ तिहार कार्यक्रम

Published on 3:47:00 AM //

शंकर भण्डारी
शान्ति नेपाली समाज बेलायतले दशैँ तिहार कार्यक्रम बेलायतको बार्मिङ्घमा सम्पन्न गरेको छ ।कोजाग्रत पूर्णिमाको दिन संस्थाका अध्यक्ष काशीनाथ शर्माको सभापतित्व एवम् चिन्तामणि पाण्डेको प्रमुख आतित्यमा समाजले दशैँ तिहार कार्यक्रमको आयोजना गरेको हो । सोही दिन संस्थाको औपचारिक रुपमा उद्घाटन समेत गरिएको छ । संस्थाको उद्घाटन सँगै विजय दशमी तथा दीपावलीको शुभकामना आदान प्रदान, संस्कृतिक कार्यक्रम तथा चियापान कार्यक्रम एकैसाथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रम सँस्थाका अध्यक्ष श्री काशीनाथ शर्माले संस्थाको बिधान प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित आगन्तुकलाई संस्थाका उपाध्यक्ष ठाकुर ज्ञवालीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । कार्यक्रममा बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।





Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग