Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिहे गर्न नमान्ने किशोरीको घाँटी रेटी हत्या

Published on 3:23:00 PM //

लन्डन, मंसिर १५ (नागरिक)- अफगानिस्तानमा बिहे गर्न नमान्ने एक १५ वर्षकी किशोरीको घाँटी रेटी हत्या गरिएको छ। बेलायती दैनिक डेली मेलले प्रहरीलाई उद्धृत गरी जनाए अनुसार कुन्दुज प्रान्तको इमाम साहिबा जिल्लामा गिसा नामकी किशोरीको हत्या भएको हो।

प्रहरीले हत्याको अनुसन्धान गर्न सादिक र मसूदलाई गिरफ्तार गरेको छ। दुवै गिसाका नातेदार थिए र एउटै गाउँमा बस्थे।

प्रहरीका अनुसार दुवै गिसासित विवाह गर्न चाहन्थे तर किशोरीका पिताले मानेका थिएनन्। गिसा कुवाबाट पानी भरेर गाउँ फर्कँदै गर्दा उनीमाथि आक्रमण भएको थियो।

दुई पुरुषमध्ये कसले गिसाको हत्या गरेको हो भनने बारे स्पष्ट भइसकेको छैन।

अफगानिस्तानको एक मानवअधिकार आयोगका अनुसार यो वर्ष मार्च र अप्रिल दुई महिनामा मात्रै १६ जनाको हत्या 'इज्जतका खातिर' भएको छ।

नागरिक न्युजबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग