Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माथिल्लो हुग्दिखोला जलबिद्युत परीयोजना सफल पार्न थप शेयर जारी हुने

Published on 2:40:00 AM //


काठमाडौं, मंसिर १४ । साहस हाईड्रो पावर कम्पनीले हुग्दी खोला जलविद्युत परियोजना सफल पार्न थप रकमका लागि थप शेयर जारी गर्ने भएको छ । कम्पनीको बिहिबार सम्पन्न पहिलो वार्षिक साधारण सभाले ५ मेगावाट क्षमताको हुग्दी खोला परियोजना सफल पार्न आवश्यक पर्ने रकमका लागि थप शेयर जारी गर्ने तयारी गरेको जानकारी गराइएको हो ।

कम्पनीले ५ मेगावाटको हुग्दी खोला परियोजना पछि १० मेगावाट क्षमताको अर्को परियोजना संचालन गर्ने गरी प्रकृया अघि बढाइएको जनाएको छ । कम्पनीले रुरु जलविद्युत परियोजनासँग मिलेर गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको माथिल्लो हुग्दी खोला परियोजना संचालन गरिरहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग