Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाजसेवी बाबुराम पाण्डेलाई दुबईबाट बिदाई गरियो

Published on 9:47:00 PM //


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गत २९ नोभेम्बर बिहीबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा अर्घाखांची सम्पर्क समिति युएईको दुबई क्षेत्रीय समितिका अध्यक्ष बाबुराम पाण्डेलाई एउटा बिदाई कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । उहां आफ्नो वैदेशिक रोजगारीको सिलसिलामा यूयसए जान लागेको हो ।
उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा बिदा हुने बाबुराम पाण्डे थियो भने कार्यक्रमको अध्यक्षता अर्घाखांची सम्पर्क समितिका अध्यक्ष राजु खड्काले गरेको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेको कार्यक्रमलाई समाजसेवी तथा कलाकार बिष्णुप्रसाद आचार्यले संचालन गरेको थियो ।
विगत २ बर्षदेखि दुबईमा कार्यरत खड्कालाई आफ्नो वैदेशिक रोजगारीको सिलसिलामा यूयसए जाने भएकोले बिदाई गरेको हो । उहांले दुबईको छोटो बसाईमा पनि धेरै सामाजिक कार्यहरु गर्नु भएको थियो । साथै अर्घाखांची सम्पर्क समितिको एउटा सक्रिय कार्यकर्ताको रुपमा चिनिनुहुन्थ्यो । जहां रहेता पनि समाजको लागि आफ्नो सक्दो सहयोग सधै निरन्तरता रहने समेत खड्काले प्रतिबद्धता जाहिर गरें ।
वरिष्ठ सल्लाहकार चन्द्रबहादुर सारुको शुभकामना मन्तव्यबाट थालनी भएको बिदाई कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य राख्नेहरु चन्द्रबहादुर सारु मगर, डियल शर्मा, ध्रुव केसी, गोपाल कंडेल, नारायन विसी, शिवराज जैसी, गुप्तशेखर पौडेल, रविन्द्र लामा, राजु खड्का रहेका थिए । अध्यक्ष खड्का लगायत समितिका कार्यकर्ताहरुले संयुक्त रुपमा खादा र सम्मान–पत्र दिएर बिदाई गरेका थिए । अध्यक्ष खड्काले आफ्नो मन्तव्यको क्रममा समितिका एउटा सक्रिय कार्यकर्तालाई बिदाई गर्दा दुःख लागेको र संस्थालाई सशंक्त ढंगले अगाडि बढाउनेप्रति जोड दिनु भयो भने कार्यक्रममा सहभागी हुने सम्पूर्ण जनालाई धन्यबाद समेत दिनु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग