Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काकीसँग अबैध यौनसम्पर्क पछि हजुरआमाको हत्या

Published on 6:38:00 AM //


आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैँडाकोटले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गैँडाकोट–७ सित्तलनगरमा कात्तिक ८ गते राति घरमा सुतिरहेको अवस्थामा २३ वर्षीय सुरेश कुमालले दसैँको टीकाको दिन आफ्नै हजुरआमा र काकीको हत्या गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
काकी देवी कुमालसँग शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा ५७ वर्षीया हजुरआमा सुनचरी कुमालले देखेपछि सुरेशले हजुरआमाको मुख÷घाँटी च्यापी हत्या गरेको प्रहरीले जनाएको छ । हजुरआमा भुइँमा ढलेपछि सुरेशले काकी देवी कुमाल चिच्याउन लाग्दा उनको पनि मुख र घाँटी थिचेर हत्या गरेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । दुवैको हत्या गरी फरार रहेको अवस्थामा प्रहरीको टोलीले वीरगन्ज जाने बसको सिटमा लुकेको अवस्थामा सुरेशलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारको क्रममा दुबईमा गएर फर्केको २२ दिनमा कुमालले हजुरआमा र काकीको हत्या गरेका हुन् । यसअघि पनि  काकालाई डर देखाएर काकीसँग शारीरिक सम्बन्ध राख्दै आएको प्रहरी बयानमा उनले बताएको प्रहरीले जनाएको छ । घटना भएपछि वैदेशिक रोजगारीका क्रममा कतारमा गएका काकासमेत घर फर्केका छन् ।
 हत्या आरोपमा इलाका प्रहरी कार्यालय गैँडाकोटले नवलपरासी जिल्ला अदालतमा कात्तिक १४ गते जघन्य अपराध मुद्दा पेस गरेको छ ।  हत्या आरोपित कुमालको श्रीमती र तीन वर्षीया छोरी छिन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग