Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डिएसपीले आत्महत्या गरे, भोलिपल्टै प्रेमिकाद्वारा पनि आत्महत्या

Published on 6:41:00 AM //


डिएसपी बसन्त थापाले प्रमिकाको कारणले आत्माहत्या गरेको खुल्न आएको छ । डिएसपी थापाले आत्माहत्या गरेका भोलीपल्ट बिहान उनको प्रेमिकाले समेत आत्माहत्या गरेको स्थितीले प्रहरी अधिकृतहरु यो निष्कर्शमा पुगेका हुन ।  डिएसपी थापासँग अन्तिम पटक कुराकानी गर्ने युवतीको खोजी गर्दै जाने क्रममा उनको प्रेमिकाले समेत कोठामै आत्माहत्या गरेको भेटिएका छ । युवतीले आत्माहत्या गरेको कोठामा बसन्त थापासगै खिचेका तस्वीर यत्रतन्त्र भेटिएकाछन ।

अनुसन्धानमा सम्बद्ध प्रहरीका अनुसार डिएसपी थापाले आत्माहत्या गरेका खबर सुने लगत्तै आत्महत्या गर्ने प्रमिका पवित्रा भट्टराई हुन । उनी सानेपा प्रहरी प्रभागमा महिला प्रहरी जवानका हैशियतमा कार्यरत थिइन । अन्य सहकर्मी कसैलाई कोठा नदेखाएकी पवित्राको कोठा खोज्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । प्रहरीले मोवाएलको टावरको सहायताबाट कोठा पत्ता लगाएका थिए । पवित्राको स्थायी घर मोरङ्ग बेलबारी हो । यी दुई बीचको सम्बन्ध डिएसपी थापा खोटाङ्ग जिल्ला प्रहरी कार्यालय प्रमुख रहदा भएको खुल्न आएको छ । महिला प्रहरी भट्टराई खोटाङ्गबाट झापामा सरुवा भएर गएपछि हालै सानेपा सरुवा भएर आएकी थिइन ।

गोकर्ण निवासी डिएसपी थापाले इद्राणी  मन्दिर नजिकैको रुखमा झुण्डिएर आत्माहत्या गरेका थिए । पूर्व प्रहरी महानिरिक्षक श्यामभक्त थापाका भतिजा बसन्त खोटाङग जिल्ला प्रहरी कार्यालयबाट केहि दिन अघि मात्रै सरुवा भएर प्रहरी मुख्यालयमा आएका थिए । यस वर्ष प्रहरी दिवशका अवसरमा डिएसपी थापाले परेड कमाण्ड गरेका थिए । उनि यसै वर्ष विदेश मिसनमा जाने तयारीमा समेत थिए । प्रहरी भित्र राम्रो अधिकृतका रुपमा मानिने थापाले घरायसी कारण्ाले आत्महत्या गरेको बताइए यसअघि पनि कारण खुलेको थिएन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग