Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गाको एकादशी मेलामा बरामद रक्सी नष्ट, महंगा रक्सी लिलामी हुने

Published on 3:31:00 AM //


प्रेम सुनार
मंसिर १३ गुल्मी । पवित्र धार्मिक क्षेत्रमा केहि दिन अघि भएको एकादशी मेलामा प्रहरीले बरामद गरेको मदिरा बुधवार नष्ट गरिएको छ । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको र पत्रकारहरुको रोहबरमा जिल्ला प्रहरी कार्यलय परिसरमा खाडल खनी मदिरा र त्यस संगै खाईने पदार्थहरु (सित्तन) बरामद गरिएको हो ।
कुल १० हजार १ सय तिस रुपैया बराबरको मदिरा नष्ट गरिएको र त्यस मध्य उच्च ब्राण्डको मदिरा लिलाम बिक्रिका लागि बुझाइने प्रहरी नायव उपरिक्षक गुरु बिष्णु काफ्लेले बताए । घरेलु मदिरा र अन्य अखाद्य वस्तु नष्ट गरिएको छ ।
बरामद मदिरा नष्ट गर्दै दायाँबाट क्रमश प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, कालिदत्त गुल्मका गुल्मपति सेनानी मनोज थापा, प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले लगायत । तस्बिर: प्रेम सुनार
अघिपछि पवित्र धार्मिक क्षेत्र रेसुङ्गामा मदिरा लगायतको बिकृति बढेको भन्दै चिन्ता ब्यक्त गरेर नथाक्ने मेला आयोजक रेसुङ्गा संरक्षण समितिले नै पैसाको लोभमा मदिरा बेच्न छुट दिएको खुलसा भएको छ । त्यस दिन भक्तजनहरु मुखमा पानी समेत नहाली जाने एकादशी मेलामा मदिरा बेचविखन गरेको देखेपछि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको प्रत्यक्ष निर्देशनमा प्रहरीले मदिरा बरामद गरेको थियो ।
विक्रेताहरुले समितिलाई पाँच सय शुल्क तिरेर आफुहरु विक्रि गर्न बसेको बताए पछि यस्तो खुलसा भएको हो । समितिका उपाध्यक्ष युवराज भण्डारीले पनि घुमाउरो पाराले स्विकार गरे । ‘साथीहरुले पाँच पाँच सय लिएर मदिरा बेच्न दिनु भएछ’ उनले भने ‘समितिको भन्दा पनि केहि साथीहरुबाट कमजोरी भएकै हो, तर मेरै रोहवरमा सिडियो सावले पक्राउ गर्न लगाउनु भयो र मैले सहयोग गरेको हुँ ।"
प्रमुख जिल्ला अधिकारी नेपालले मेलाहरुमा जाँड रक्सी सेवनबाटै झै झगडा हुने हुँदा यस्ता मेलाहरुमा अव मदिरा बेचबीखन गर्न प्रहरी प्रसाशनले दिदैन भन्ने कुराको सन्देश जान पर्ने बताए । त्यस माथी पवित्र धार्मिक क्षेत्र रेसुङ्गामा जाँड रक्सी वेचविखन गरिनु निन्दनिय बिषय भएकोले यस घटनालाई आफुले गम्भिरतापुर्वक लिएको बताए ।
लिलाम गरिने मदिराको बिबरण उतार्दै प्रहरी निरक्षक जितेन्द्र कुमार बस्नेत । तस्बिर: प्रेम सुनार
प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले घरयासी प्रयोजन बाहेक पेसेवर रुपमा मदिरा उत्पादन र विक्रि बितरण रोक्न प्रहरीले अभियान नै छेड्ने बताए । मेला पर्वमा कसैले मदिरा बेचेर कमाउछु भन्ने सोच्छ भने अव सबैको हालत यस्तै हुनेछ लगानी समेत यसरी नै डुब्ने छ भन्दै काफ्लेले संञ्चार माध्यमबाट यहि सन्देश पु¥याई दिन आग्राह गरे ।
यो वा त्यो ब्याक्तिले पैसा लिएर बेच्न दिएको भनेपनि यस घटनाबाट रेसुङ्गा संरक्षण समिति जिम्मेवार हुँदै आगमी दिनमा सचेत हुनु पर्ने जनगुनासो छ । अन्य पसलहरुलाई एक डेढ सय शुल्क लिएका थियौं तर महँगो भनेपछि नबेच्लान भनेर पाँच सय शुल्क तोकेका हौं भनेर समितिका उपाध्यक्ष युवाराज भण्डारीले भनेपछि समितिबाटै मदिरा बेच विखनले छुट पाएको रहेछ भन्ने बुझ्न सकिन्छ ।  प्रहरी प्रसाशनको यो कदमलाई धेरैले सराहानाना गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग