Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बडागाउँमा सबै भन्दा बढी माओवादी

Published on 3:16:00 AM //


प्रेम सुनार
मंसिर १३ गुल्मी । सदस्य नविकरणको अन्तिम चरणमा पुगेको एकिकृत नेकपा माओबादी गुल्मी जिल्ला अन्तर्गत बडागाउँ गाउँ कमिटीमा कृयाशिल सदस्य संख्या अन्य गाविस भन्दा उच्च रहेको सो पार्टीले जनाएको छ ।
शान्ति प्रकृया पश्चात बडागाउँ गाउँ कमिटीको सदस्य संख्या न्युन रहेको र गत २ वर्षदेखि हवात्तै बढेर सक्रिय सदस्यको संख्या मात्रै १ सय २७ जना रहेको जिल्ला संयोजक सुदर्शन बरालले बताउनु भयो । ‘यो संख्या जिल्लाका अन्य गाविस भन्दा सवै भन्दा ठुलो हो बरालले भन्नु भयो ‘कम्युनिष्ठ पार्टीमा पार्टी सदस्य थोरै र समर्थक धेरै बनाउने परिपाटी छ तर बडागाउँमा सदस्य संख्या धेरै भयो ।’
पार्टी सदस्य दिईनेहरु नेता हुन अन्य सबै जनता हाम्रा समर्थक र शुभेच्छुक हुन बरालले बताउनु भयो । यसै बिच एकिकृत नेकपा माओबादी बडागाउँ कमिटीको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले बडागाउँको अध्यक्षमा गोकर्ण सुर्यबशीलाई सर्व सम्मत चयन गरेको छ । त्यस्तै सचिवमा एमबहादुर थापा पनि सर्वसम्मत चयन हुनु भएको छ । सदस्यहरुमा गोमबहादुर सुनार, ताराचन सुनार, चेरे सुनार, मोहन सुर्यबसी, लगायत २१ सदसिय गाउँ कमिटी गठन भएको छ ।
अधिबेशनको उद्घाटन सो पाटीका जिल्ला संयोजक सुदर्शन बरालले गर्नुभएको थियो । कार्यक्रममा ईलाका ईन्चार्ज खुमबहादुर थापाको विशेष आतिथ्यता थियो । हिजो बडागाउँमा नेकपा एमाले पहिलो पार्टी मानिए पनि अहिले माओबादी पार्टी पहिलो हुन लागेको दावी थापाले गर्नु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग