Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ठगी कार्यमा संलग्न अर्खलेका दम्पती पक्राउ

Published on 10:17:00 PM //


बिशाल भट्टराई
गुल्मी, १५ मंसिर । विभिन्न व्यक्तिलाई ठगी गर्दै हिड्ने गुल्मीका एक दम्पत्तिलाई प्रहरीले गल्मी र रुपन्देहीबाट पक्रउ गरेको छ ।
प्रलोभवन देखाई लाखौं रुपियाँ ठगी गर्ने गुल्मी अर्खले–८, भाडगाउँकी ४८ वर्षीया रामप्यारी पन्थीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले रामप्यारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बिहीबार राति उनका पति धनीश्वर पन्थीलाई पनि रुपन्देहीको मुर्गियाबाट पक्राउ गरेको छ । पन्थी दम्पत्तिलाई आजै बुटवल पुराएर अनुसन्धान सुरु गरेको प्रहरी भनाई छ ।
पति र पत्नी दुवै जना मिलेर सर्वसाधारणलाई ठगी गर्ने गरेको गुल्मीका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए ।
विदेशमा राम्रो रोजगारी लगाईदिने नाममा पन्थी दम्पत्ति विरुद्ध ७० लाख रुपियाँ भन्दा बढि ठगी गरेको प्रहरीमा उजुरी परेको छ ।
सौर्य दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग