Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनावरसँग सेक्स गर्न नपाए अदालत जाने धम्की

Published on 10:40:00 PM //


जर्मनीको गठवन्धन सरकारले जनावरसँग यौनसम्वन्ध अर्थात पशु मैथुनमाथि प्रतिवन्ध लगाउन विद्यामान कानून परिर्वतनको तयारी गरेको छ । जर्मन संसदको कृषि समितिले जनवारसँग सेक्स गर्नेविरुद्ध कडा कारबाहीको प्रावधानसहित कानून संशोधनको तयारी गरेको हो ।
समितिले जनावरसँग सेक्स गर्नेलाई २५ हजार यूरोभन्दा बढी जरिवाना गराउने प्रवाधान राख्ने तयारी गरेको छ । यसमुद्धामा अन्तिम मतदान जर्मनको तल्लो सदनमा डिसेम्बर १४ मा हुनेछ ।
जर्मनीमा सन् १९६९ मा पशु मैथुनलाई बैध ठहर गरिएको थियो । तर, पशुसँग दर्दनाक व्यवहार नगरिएको अवस्थामा मात्र यो लागू हन्थ्यो । जर्मन संसदीय समितिका निर्देशक हास माइकल गोल्डकमानले स्थानीय एक समाचार पत्रलाई भनेका छन्-’पशु मैथुनमाथि प्रतिवन्धको निर्देशनपछि यस्तो काम गर्नेलाई कडा कारवाही गर्न सहज हुनेछ र जनावरको कल्याण हुनेछ ।’ यद्यपी यस तयारीप्रति केहीले भने असन्तुष्टि जनाएका छन् । टोलरेष्ट एण्ड इन्गेजमेन्ट जूफिलो नामक समूहले यस्तो कानून आए अदालत जाने चेतावनी दिएको छ । हल्याण्ड, फ्रान्स र स्विटजरल्याण्ड लगायतका युरोपेली देशमा जनावरसँग सेक्स प्रतिवन्ध छ भने बेलायतमा सुरुमा जैन्मकैदको व्यवस्था रहेकोमा हाल घटाएर २ वर्ष जेल बनाइएको छ । बेल्जियम, डेनमार्क र स्वीडेनमा भने जनावरसँग सेक्स गर्न अनुमति छ ।
एजेन्सिको सहयोगमा अन्लाईनखबर डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग