Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिहेको १९ वर्षपछि बल्ल थाहा भो - पत्‍नी त पुरुष पो रहेछ

Published on 2:25:00 PM //

लन्डन, मंसिर १३ (एजेन्सी/नागरिक) - बेल्जियमका एक पुरुषले विवाहको १९ वर्षपछि आफ्नी पत्नीसित सम्बन्ध विच्छेद गर्न कानुनी प्रक्रिया अघि बढाएका छन्। कारण- पत्नी पुरुष हुनु ! आफ्नी पत्नी पुरुष भएर जन्मिएको र पछि लिङ्ग परिवर्तन गरी महिला बनेको भर्खरै थाहा पाएपछि उनले यस्तो निर्णय गरेका हुन्।
हेट नियुजब्लाड पत्रिकासँग कुरा गर्दै ६४ वर्षका जानले भने, मैले त उनलाई आकर्षक महिला ठानेको थिएँ। पूरै महिला।
उनले हाल ४८ वर्षकी मोनिकासित केही पनि पुरुषपना नदेखिएको बताए। 'सेक्स गर्दा पनि मैले त केही थाहा पाइनँ", उनी भन्छन्।
त्यत्रो वर्ष उनीहरु सुखी र सामान्य पारिवारिक जीवन बिताउँदै थिए। मोनिकाले पूर्णकालीन रोजगार पाएपछि उनीहरुबीच तनाव सुरु भयो। त्यसपछि मोनिका नाइट क्लबमा देखिन थालिन्। देखिने लुगा लगाउन थालिन्। जान र उनका छोराले पनि हल्ला सुन थाले, खासमा मोनिका केटा हुन्।

एक दिन जानले थर्काए मोनिकालाई। हिंसात्मक रुपमा केरकार गरेपछि बल्ल मोनिकाले स्विकारे, 'हो, म केटा नै भएर जन्मिएको थिएँ।'

'मेरो त संसारै भास्सियो,' जान निन्याउरो अनुहार लाएर भन्छन्।

उनले कानुनी प्रक्रिया त अघि बढाएका छन् तर अदालतले मोनिकालाई घरबाट बाहिर राख्ने अनुमति दिन अस्वीकार गरेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग