Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञानेन्द्रका छोरी ज्वाई सरकारी महलमा रजाँई

Published on 1:54:00 PM //


पूर्वराजा ज्ञानेन्द्र शाहका छोरीज्वाइँ प्रेरणा र राजबहादुर सिंह राजधानीको छाउनीस्थित महलसहितको झण्डै १६ रोपनी सरकारी जग्गामा रजाई गरिरहेका छन् । राजतन्त्र अन्यपछि तत्कालीन राजा र राजपरिवारका नाममा रहेका यस्ता सम्पत्ति खोसेर सरकारका नाममा ल्याउन ६ बर्षअघि गृहमन्त्रालय मातहत नेपाल ट्रस्ट स्थापना गरिएको थियो ।
ट्रस्टले उक्त जग्गा छाड्न सिंह दम्पत्तीलाई अहिलेसम्म १३ पटक आग्रह गरिसकेको छ तर उनीहरु पैतृक सम्पत्ति भन्दै नछाड्ने अडानमा रहेको छ । आलिशान महलसहितको १५ रोपनी १ आना १ दाम क्षेत्रफलको उक्त जग्गा पैतृक रहेको तर कर छल्न दरबारको नाममा राखेको सिंह दम्पत्तीको दाबी छ । ट्रस्ट अधिकारीका अनुसार दरबारको नाममा राख्दा राज्यकर नलाग्ने त्यतिबेलाको नियम हेरेर उनीहरुले छाउनीको निजी घरजग्गा नारायणहिटीका नाममा राखेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग