Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा २ घाईते

Published on 5:42:00 AM //


गुल्मी, २४ कात्तिक । गुल्मीको जिल्लाको अर्जैमा जीप दुर्घटना हुदाँ दुई जना घाईते भएका छन् ।
लु १ ज १७७१ नम्बरको जीप दुर्घटनामा दाङ जिल्लाका २२ बर्षीय चालक सुरद गिरी र गुल्मी अम्मर–८ का २० बर्षीय सहचालक कृष्ण जिसी घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
तम्घासबाट यात्रु लिएर अर्जै पुगी फर्कने क्रममा बिहीबार राति १० बजे सैरोट भन्ने स्थानमा जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग