Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउसी खेल्दै गुल्मी समाज दोहा

Published on 3:34:00 AM //


कुमार "अविरल" पन्थी
दोहा, कार्तिक २५ । "गुल्मी सेवा समाज दोहा कतारको प्रतिबधता, निस्वार्थ समाज सेवा आजको आवस्यकता" भन्ने मुल नारा बोकेको गुल्मी सेवा समाज दोहा कतारको नवौ पूर्ण बैठक गत शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री भरत सापकोटाको अध्यक्षतामा बसेको बैठकमा संस्थाका अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मेलीहरुको उपस्थिति रहेको थियो । हरेक महिना बस्दै आएको बैठक यो महिना पनि शुक्रवारको दिन सम्पन्न  गरिएको छ । नजिकिदै गरेको हिन्दूहरुको दोश्रो महान चाड शुभ दीपावलीको शुभकामना आदन प्रदान गर्दै प्रत्येक बर्ष जस्तै समाजले यसबर्ष पनि शुभ दिपावलीको अबसर पारेर देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष भन्दा यो वर्ष केही फरक प्रस्तुती रहने आयोजकहरुले जनाएका छन् । कार्यक्रमलाई सफल बनाउन पुर्व तयारी भईरहेको साथै देउसी भैलो कार्यक्रमको साथमा शुभ बिजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा आयोजना गरिएको भाग्यशाली चिठ्ठा खोलिने कार्यक्रम पनि रहेको छ । चिट्टाको नतिजा प्रकाशन कार्यक्रम विविध कारण बश निर्धारित समय भन्दा पहिलेनै प्रकाशन गर्न लागिएको हो । सो कार्यक्रम दोहाको नज्मा स्थित इस्ट वेष्ट रेस्टुरेन्टको सभा हलमा आगामी १६ तारिख शुक्रबारका दिन सम्पन्न हुन गैरहेको आयोजकहरुले जनाए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग