Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानमन्त्री भट्टराई, बागलुङमा, कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाए

Published on 1:49:00 PM //


१३ मंसिर, बागलुङ । बाग्लुङमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले कांग्रेसका करिव १ दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ साथै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ ।
आज बिहान पौने ९ बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री भट्टराइ धौलागिरी अञ्चल अस्पतालको नव निर्मित भवनको उद्घाटन गर्नका लागी बाग्लुङ आएका हुन् । ४५ मिनेटको उक्त कार्यक्रममा सहभागी भएलगत्तै पौने ११ बजे कर्मचारीलाई निर्देशन दिने र त्यसपछि बागलुङबाट मध्यान्ह १२ बजे पश्चिम बुर्तिबाङमा रहेका एकिकृत सेवा केन्द्रको उद्घाटनका लागि जाने कार्यक्रम रहेको बताइएको छ । एकिकृत सेवा केन्द्रको उद्घाटन सकिए लगत्तै एकिकृत नेकपा माओबादीको क्षेत्र नम्बर ३ को क्षेत्रिय सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी भएर काठमाण्डौ र्फकने कार्यक्रम रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग