Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षक हत्याकाण्ड : तीनजनालाई दशदश बर्षको जेल सजायँ

Published on 1:51:00 PM //


बागलुङ, मंसिर १३ । जिल्ला अदालत बागलुङले कुस्मिसेरा गाविस १ का भक्तबहादुर क्षेत्रीको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जनालाई १०/१० बर्ष जेल सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको एकल इजलासले मंगलवार राङखानी उच्च मावि राङखानीमा अध्यापनरत ४५ वर्षिय क्षेत्रीको हत्यामा संलग्न भएको अभियोग लागेका मध्ये तीन जनालाई १०/१० वर्षको जेल सजाय तोकेको हो । सोही हत्याकाण्डका अर्का एक जनालाई भने अदालतले सफाई दिएको छ ।

हत्या अभियोगमा १०/१० वर्षको जेल सजायँ पाउनेमा बागलुङ कुस्मिसेरा वडा न. ४ का २७ वर्षिय रेशमप्रसाद आचार्य, २४ वर्षिय जयभद्र शर्मा पौडेल र २५ वर्षिय विकाश आचार्य रहेका छन् भने सफाई पाउनेमा प्रेमबहादुर थापा छन् ।

मुलुकी ऐनको ज्यान सम्बन्धी महल १४ अनुसार फैसला भएको अदालतका श्रेष्तेदार ख्याम थापाले जानकारी दिए ।

२०६८ साल पुष १० गते क्षेत्री कुस्मिसेरा वडा न. २ मा मृत अवस्थामा भेटिएका थिए । उनी कुस्मिसेरा बजारमा क्षेत्री समाजको अध्यक्ष निर्वाचित भएर घरतर्प लागेका थिए । -ईबाग्लुङ डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग