Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास गाविसले भुस्याहा कुकुर मार्न थाल्यो, पहिलो दिनमै ५२ वटा कुकुरहरु मारिए

Published on 4:20:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २३ कात्तिक । मानिसहरुलाई टोकेर सताउन थालेपछि त्यसको व्यवस्थापन गर्न तम्घास गाउँ विकास समितिले हिजो बिहीवारदेखि भुस्याहा कुकुरहरु मार्ने अभियान शुरु गरेको छ । गाविसको उक्त अभियान अन्तर्गत हिजो पहिलो दिन सदरमुकाम तम्घास वजार क्षेत्रमा रहेका चार दर्जन भन्दा वढी भुस्याहा कुकुरहरु मारिएको तम्घास गाविसले जानकारी दिएको छ । विगत तीन महिनादेखि तम्घासमा भुस्याहा कुकुरहरुले मानिसहरुलाई वाटोमा हिडिरहेको अवस्थामा टोक्ने र वालवालीकाहरुलाई विद्यालय जाने क्रममा समेत लखेटी सताउने गरेका कारण तम्घासमा उक्त कुकुरहरुको विगविगि वढ्दै गएको थियो । स्थानीयवासीहरुले उक्त कुकुरहरु व्यवस्थापन गर्न पटक पटक गाविस र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै आईरहेका थिए । गुल्मी उद्योग वाणिज्य संघले औषधि, जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोग र गाविसको व्यवस्थापनमा उक्त कुकुरहरु मार्ने अभियान शुरु गरिएको हो । उक्त अभियान अन्तर्गत पहिलो दिन ५२ वटा भुस्याहा कुकुरहरु मारिसकिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर हरिवहादुर कुँवरले वताउनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग