Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हरिवोधनी एकादशीमा रेसुङ्गा पोखरीमा श्रद्धालुहरुको घुँईचो

Published on 6:43:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ९ मंसिर । हरिवोधनी एकादशीको अवसरमा आज गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा आज विहानैदेखि दिनभर श्रृद्धालु भक्तजनहरुको घुँईचो लागेको थियो । हरिवोधनी एकादशीको दिन रेसुङ्गा पोखरीको पानीले नुहाएपछि श्रद्धालुहरुलाई चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्ट हुने तथा संवृद्धी प्राप्त हुने धार्मिक विश्वासका कारण रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ ।
हरिवोधनी एकादशीको दिन रेसुङ्गा पोखरीमा नुहाउने श्रद्धालुहरुको घुँईचो ।
तस्विर ः जनार्दन घिमिरे
ठुलो एकादशीको रुपमा समेत चिनिने हरिवोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वको रुपमा लिने गरिन्छ । रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, वाग्लुङ्ग, अर्घाखाँची, प्यूठान लगायत धेरै टाढा टाढावाट पनि श्रृद्धालु भक्तजनहरु आउने गर्दछन् । यस्तै गुल्मीको रिडी र रुद्रवेणी धाममा पनि आज दिनभर काली गण्डकीमा स्नान तथा पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरुको घुईचो लागेको थियो । रेसुङ्गा पोखरीमा विगतमा भन्दा यसपटक श्रद्धालुहरुको निकै घुँईचो लागेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले भने रेसुङ्गा स्थित पोखरी वरिपरि मदिरा तथा मासुको विक्रि वितरणमा रोक लागाएको छ । उक्त क्षेत्रमा अनाधिकृत रुपमा लुकिछिपि विक्रिकालागि राखिएको केही मदिरा समेत वरामद गरेको वताईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग